इमर्जिङ टिम्स कपमा नेपालले आज यूएई ‘ए’सँग खेल्दै
३ असार, काठमाडौं । श्रीलंका जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो अन्तिम खेल आज यूएई ए विरुद्ध खेल्दैछ ।
खेल नेपाली समय अनुसार बिहान सवा १० मा पि सारा ओभल कोलोम्बोमा सुरु हुनेछ ।
समूह बी मा यसअघि नै लगातार दुई खेल हार्दै बाहिरिसकेको नेपाल र यूएई दुवै टिम यस खेल जित्दै सुखद अन्त्य गर्ने योजनामा छ । नेपालले सिनियर टिम खेलाउँदा यूएईले भने युवा खेलाडीहरु समेट्दै दोस्रो रोजाइको टिम खेलाएको छ ।
नेपाल र यूएई ए यसअघि पाकिस्तान ए र भारत ए सँग पराजित भएका थिए ।
नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । यूएई भारतसँग ८ विकेट र पाकिस्तानसँग १८४ रनले पराजित भएको थियो ।
आजै भारत र ए र पाकिस्तान ए बीच खेल हुनेछ । यस खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।
समूह ए बाट श्रीलंका ए समूह विजेता र बंगलादेश ए समूह उपविजेता बन्दै सेमिफाइनल पुगिसकेको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply