त्रिभुवन विमानस्थलबाट हालसम्मकै ठूलो परिमाणमा सुन बरामद
४ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल हाराहारीमा सुन बरामद भएको छ । राजस्व अनुसन्धान विभागले विमानस्थलको कार्गो गोदाममा छापा मारेर भन्सार छली ल्याइएका सुन बरामद गरेको हो । विभाग तथा प्रहरी स्रोतले विमानस्थलबाट तस्करीको सुन हालसम्मकै ठूलो परिमाण हुने अनुमान गरेको छ ।
राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो सुन बरामद भएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए । नेपालमा हालसम्म बरामद भएको यो नै सबैभन्दा ठूलो परिणामको सुन सक्ने उनको भनाई छ ।
सुराकीको आधारमा अनुसन्धान विभागले सामान जाँचपास गरेर भन्सार हाताबाट बाहिर ल्याउँदै गरेको अवस्थामा एक भन्सार एजेन्ट र ट्याक्सी चालकसहित सुन बरामद गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply