४ श्रावण २०८०, बिहीबार ०२:०९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
ललिता निवास प्रकरणको सुनुवाइ आज चौथो दिन पनि
४ साउन, काठमाडौं । ललिता निवास प्रकरणअन्तर्गत बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा आज (बिहीबार) चौथो दिन पनि सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा बुधबार तेस्रो दिन पनि बहस हुँदाहुँदै समय सकिएपछि आज पनि जारी रहने भएको हो।
उक्त प्रकरणमा किर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरु गरेपछि उनीहरुले रिहाइ माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर दिएका हुन्।
सर्वोच्च अदालतले सो विवादसम्बन्धी ६ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply