कांग्रेस महामन्त्रीद्वयलाई प्रकाश स्नेहीको कटाक्ष : विचरा चरी जेलैमा !
४ साउन,काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेहीले पार्टीको विधानले महामन्त्रीहरुलाई अधिकार नदिँदा काम गर्न नसक्ने अवस्था देखिएको बताएका छन् ।
आज (बिहीबार) केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता स्नेहीले भने, पार्टीको विधानमा कसले के काम गर्ने भनेर प्रष्ट लेखेको छ । सभापति ज्यू, विधानमा लेखिएको कुरा अक्षरस पालना गरिदिनुस् । अधिकार सबै सभापतिलाई मात्रै रहेछ । जे पनि सभापतिले गर्ने भनेको छ । महामन्त्रीलाई त विधानमा अधिकारै छैन, विचरा महामन्त्रीहरु ! चरी जेलैमा भन्ने अवस्थामा हुनुहुन्छ ।
उनले सभापति र महामन्त्रीले एकअर्काप्रति विश्वासको वातावरण बनाएर सहयोग आदान प्रदान गरेर काम गर्न आवश्यक रहेको बताएका छन् । ‘पार्टीमा अहिले कुनै समस्या छैन । वास्तवमा हाम्रो नेता शेखर कोइरालाले पनि सभापति ज्यूलाई सहयोग नै गर्नु भएको छ, पार्टीमा कुनै ठूलो गुटबन्दी भएको जस्तो लाग्दैन, उनले थपे, ‘यत्तिका सहयोगी हुँदा सभापति ज्यू तपाईंलाई काम गर्न कसैले छेक्ने अवस्था छैन ।
नेता स्नेहीले कांग्रेसले आफ्ना ८ लाख ६६ हजार कार्यकर्ताका लागि मात्रै राजनीति गर्ने कि देशका ३ करोड नेपालीका लागि काम गर्ने भनेर प्रष्ट हुनुपर्ने बताएका छन् । ‘कांग्रेस गएको तीन दशकयता पटक–पटक सरकारमा छ । सभापति ज्यू, जनआन्दोलनको बेला तपाईं त जेलमा हुनुहुन्थ्यो । त्यो बेला जन्मिएको बच्चा अहिले मतदाता बनिसकेको छ, उनले अघि भने, अब दुई वर्षपछि हामीलाई गाली गर्दै ऊ पढ्न विदेश जाने तयारीमा छ । हामीले त्यो युवालाई देशमै केही हुन्छ भनेर विश्वास कहिले दिलाउने ? हाम्रो नानीबाबुहरु आज विदेश पठाइरहेका छौं । अमेरिकामा जन्मिएको नागरिकले नेपालमा पढाइ र रोजगारीको सम्भावना छ भनेर आउने दिन कहिले बनाउने ?
‘देशमा अहिले पनि महिला हिंसा छ, जातीय भेदभाव छ । तर कांग्रेस जस्तो ठूलो पार्टीले त्यसबारे नीति ल्याउदैन, उनले भने, मतदाताको १५ प्रतिशत दलित छन् । तर कांग्रेसले एउटा पनि दलितलाई टिकट दिँदैन, मन्त्री बनाउँदैन । अनि पार्टी कसरी बलियो बन्छ ?उनले भ्रष्टाचारका विषयमा सामाजिक सञ्जालदेखि सडकसम्म कांग्रेसको विरोध भइरहेको भन्दै विगतमा भ्रष्टाचार विरोधी अभियान चलाउने कांग्रेस अहिले भ्रष्टाचारका काण्ड बाहिरिँदा कानमा रुई हालेर बस्न थालेको बताएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply