सुन तस्करी प्रकरण : पक्राउ परेका ६ आरोपीको १० दिन म्याद थप
४ साउन, काठमाडौं । एक सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ६ जना आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले १० दिनको म्याद दिएको छ ।
पाटन उच्च अदालतले बिहीबार पहिलो पटकलाई १० दिनको समय दिएको हो । पक्राउ परेकाहरु राजस्व अनुसन्धान विभागको हिरासतमा छन् । आज बिहीबार पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानसहितका ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।
चुवानलाई नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमनले पक्राउ गरी राजश्व अनुसन्धान विभागलाई बुझाएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बाहिरिएको झण्डै एक सय किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यो सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म एक जना चिनियाँसहित ६ जना पक्राउ परेका छन् ।
सम्बन्धित समाचार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
-
नारायणघाट–मुग्लिन सडक मर्मत तयारी: एमसीए–नेपालद्वारा महत्वपूर्ण ओरिएन्टेसन कार्यक्रम
-
कालीगण्डकी नदीमा रैथाने माछाको विविधता: स्वाद, पोषण र प्राकृतिक शुद्धताको प्रतीक
-
नेपालमा सम्बन्ध विच्छेदको दर दोब्बर, हरेक १० विवाहमध्ये एक टुट्दै
-
नेपालमा चेरी खेतीको भविष्य उज्यालो, पहाडी जिल्लामा ठूलो सम्भावना
-
विद्यार्थी ठगीको आरोपमा ९५ कन्सल्टेन्सीमा प्रहरीको आकस्मिक अपरेशन
-
पर्यटन मन्त्रालयद्वारा नेपाल वायुसेवा निगममा नयाँ नियुक्ति
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
Leave a Reply