सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न राजस्वले गठन गर्यो समिति
५ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद करिब एक क्विन्टल सुन प्रकरणबारे विस्तृत अध्ययन गर्न राजस्व अनुसन्धान विभागले छुट्टै समिति गठन गरेको छ ।
मंगलबार त्रिभुवन विमानस्थल कार्गो भवन अघि बरामद सुनबारे विस्तृत अनुसन्धान गर्न राजस्वले अनुसन्धान अधिकृत तोकेको हो ।
विभागका महानिर्देशक नवराज ढुंगानाकाअनुसार राजस्व र प्रसाशनका निर्देशकहरुसहितको चार सदस्यीय अनुसन्धान अधिकृत तोकिएको हो । यही समितिले अब सुन तस्करी प्रकरणबारे विस्तृत अनुसन्धान गर्ने उनले बताए ।
सुन बरामद र त्यसका संलग्नहरुको पहिलो लेयर पक्राउ गरेपछि हामी आंशिक रुपमा सफल भएका छौं,’ महानिर्देशक ढुंगानाले भने, अहिलेसम्मको सबै काम सिंगो विभागले ग¥यो अब हुने अप्रेशनमा सामूहिक रुपमै काम हुन्छ । तर, प्राप्त प्रमाण र थप तथ्यमा केन्द्रिकृत भएर अनुसन्धान अधिकृतहरुले काम गर्छन् ।
विभागले सुन तस्करी प्रकरणको पहिलो जालो पक्राउपछि थप अनुसन्धानलाई तीब्र पारिएको उनले बताए ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply