भारतले फेरि खोल्यो धौलीगंगाको बाँध, महाकाली किनारबासीलाई सतर्क रहन आग्रह
६ साउन,दार्चुला । भारतले उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोका फेरि खोलेको छ ।
भारतले आज (शनिबार) बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधका ढोका खोल्ने जानकारी हिजै दिएको हो । भारतीय प्रशासनले सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका–३ लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न प्रशासनले आग्रह गरेको छ । भारतले यसअघि गएको असार २६ गते बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधका ढोका खोलेको थियो । भारतले वर्षाको समयमा बेलाबेला बाँधका ढोका खोल्दै आएको छ ।
असार २६ गते खोलिएको बाँधले दार्चुलाको पारिपट्टि भारतीय क्षेत्र धार्चुलामा एक घर बाढीले बगाएको थियो । यस्तै २०७० सालमा भारतले कुनै जानकारी नदिई बाँधका ढोका खोल्दा नेपालतिर ठूलो क्षति भएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply