६ श्रावण २०८०, शनिबार ११:०७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले अध्यक्ष ओलीसँग आईक्यापका नेताको भेटवार्ता
६ साउन,काठमाडौं । क्याम्बोडियाको भ्रमणमा रहेका नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग आईक्यापका नेताहरूले भेटवार्ता गरेका छन् । आज क्याम्बोडियाका प्रधानमन्त्री हुनसेनले आयोजना गरेको दिवाभोजका क्रममा उनीहरूले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।
भेटमा आईक्यापका सह–अध्यक्ष पाकिस्तानका सिनेटर मुसाहिद हुसेन र आईक्यापका महासचिव दक्षिण कोरियाका आहन म्युङसुले आईक्यापको निकट भविष्यका कार्यक्रमहरू र अन्य गतिविधिहरुका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराएका छन् । सो अवसरमा नेकपा एमाले विदेश विभाग प्रमुख तथा आईक्याप स्थायी कमिटी सदस्य राजन भट्टराइको पनि उपस्थिति थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply