ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ
७ साउन, काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सो प्रकरणमा आइतबार अरुणकुमार श्रेष्ठ पक्राउ गरेको हो ।
ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा उनलाई आज पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार श्रेष्ठ नापी विभागका कर्मचारी समेत रहेको खुल्न आएको छ । यद्यपि, उक्त स्रोतले उनी हाल कुन विभागमा छन् भन्नेबारे आधिकारिक तथ्य खुलाउन चाहेन ।
यसअघि साउन ५ गते प्रहरीले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजालाई पुनः पक्राउ गरेको छ । सीआईबीले गत असार १२ गते देउजालाई पक्राउ गरेर छाडेको थियो । सो दिन पक्राउ परेका तीनसहित १७ जनालाई पक्राउ गर्न मिल्नेगरी सर्वोच्च अदालतले शुक्रबार आदेश दिएसँगै देउजालाई पुनः पक्राउ गरिएको सीआईबीका एसएसपी दिनेश आचार्यले बताएका छन्। देउजा २०४९ सालमा मालपोत कार्यालयका प्रमुख थिए ।
ललिता निवास प्रकरणमा अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएकासहित ४ सय ६ जनालाई पक्राउ गर्न प्रहरीले अनुमति लिइसकेको छ । सीआईबीले उनीहरुविरुद्ध कीर्ते र संगठित अपराधको कसुरमा म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply