त्रिभुवन विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी पाण्डेलाई
९ साउन, काठमाडौँ । सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार प्रमुखमा टोकराज पाण्डेलाई नियुक्त गरेको छ । निजामती राष्ट्रिय किताबखानाका महानिर्देशक पाण्डे गत बिहीबार मात्रै अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।
उनै पाण्डेलाई अर्थमन्त्री डा. प्रकाश शरण महतले त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा नियुक्त गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख अरुण पोखरेल गत गत असार १७ गतेदेखि बिरामी बिदामा छन् । बिदामा रहेर हाल स्वास्थ्योपचारका क्रममा रहेका पोखरेललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँच पास भइसकेर १०० केजी सुन भित्रिँदा भन्सार प्रमुख पोखरेल बिदामा थिए ।
पोखरेल दुई महिने बिदामा हुँदा उनको स्थानमा अन्य नियुक्त भएको थियो । निमित्तका रुपमा नारद गौतमले विमानस्थल भन्सारको नेतृत्व गरिरहहेका थिए । यसअघिका प्रमुख पोखरेलले असार १७ गतेदेखि बिदा लिएर भदौ १७ गते सम्मलाई स्वीकृत गराएका थिए । भन्सार विभागका अनुसार ढाडमा समस्या आएको भन्दै उनले बिरामी बिदा लिएका थिए । भन्सार विभागको महानिर्देशक र अर्थमन्त्रीलाई समेत उनले आफ्नो बिदाबारे पहिल्यै जानकारी गराएका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply