कोशीका सभामुखले राजीनामा दिनुपर्छ : विश्वप्रकाश शर्मा
१२ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएर सरकार बनाउन सहयोग गर्नुपर्ने बताएका छन् ।
सत्ता गठबन्धनले गौतमको हस्ताक्षरसहित सरकार बनाएर गल्ती गरेको स्वीकारेको भन्दै महामन्त्री शर्माले प्रश्न गरे, ‘जब गल्ती थियो भनिसकेपछि हामीले त्यसलाई महसुस गर्छौं भने सभामुखले महसुस गर्नुपर्दैन?’
सभामुखको पदमा अब बस्न हुँदैन भनेर गौतमको अन्तरात्माले भन्नुपर्ने शर्मा बताउँछन् ।
सत्ता गठबन्धनबाट कांग्रेसबाट उद्धव थापा मुख्यमन्त्री बनाउँदा बहुमत संख्या पुर्याउनका लागि गौतमले हस्ताक्षर गरेका थिए । ‘अस्थिरता नहोस् भनी उहाँले त्यसबेला हस्ताक्षर गर्नुभयो भने अहिले सरकारविहीन नहोस् भन्नका लागि उहाँले राजीनामा गर्नुपर्दछ’, शर्माले भने ।
भूमिका परिवर्तन गरी सरकारविहीनतालाई गौतमले साथ दिनुपर्ने शर्माको तर्क छ ।
गौतमले सभामुखबाट राजीनामा गरेर हस्ताक्षर गरेपछि सत्ता गठबन्धनलाई बहुमतका लागि ४७ जना पुग्दछन् । राष्ट्रिय प्रजातन्त्र पार्टी विना सत्ताघटकलाई बहुमत पुर्याउन गौतमलाई राजीनामा गराउनु मात्रै विकल्प छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply