कोशीका सभामुखले राजीनामा दिनुपर्छ : विश्वप्रकाश शर्मा
१२ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएर सरकार बनाउन सहयोग गर्नुपर्ने बताएका छन् ।
सत्ता गठबन्धनले गौतमको हस्ताक्षरसहित सरकार बनाएर गल्ती गरेको स्वीकारेको भन्दै महामन्त्री शर्माले प्रश्न गरे, ‘जब गल्ती थियो भनिसकेपछि हामीले त्यसलाई महसुस गर्छौं भने सभामुखले महसुस गर्नुपर्दैन?’
सभामुखको पदमा अब बस्न हुँदैन भनेर गौतमको अन्तरात्माले भन्नुपर्ने शर्मा बताउँछन् ।
सत्ता गठबन्धनबाट कांग्रेसबाट उद्धव थापा मुख्यमन्त्री बनाउँदा बहुमत संख्या पुर्याउनका लागि गौतमले हस्ताक्षर गरेका थिए । ‘अस्थिरता नहोस् भनी उहाँले त्यसबेला हस्ताक्षर गर्नुभयो भने अहिले सरकारविहीन नहोस् भन्नका लागि उहाँले राजीनामा गर्नुपर्दछ’, शर्माले भने ।
भूमिका परिवर्तन गरी सरकारविहीनतालाई गौतमले साथ दिनुपर्ने शर्माको तर्क छ ।
गौतमले सभामुखबाट राजीनामा गरेर हस्ताक्षर गरेपछि सत्ता गठबन्धनलाई बहुमतका लागि ४७ जना पुग्दछन् । राष्ट्रिय प्रजातन्त्र पार्टी विना सत्ताघटकलाई बहुमत पुर्याउन गौतमलाई राजीनामा गराउनु मात्रै विकल्प छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply