‘अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहन गर्ने सरकारको नीतिले चरम आर्थिक संकट’
१३ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्गीय समाजमा राज्य कमजोर हुने र नागरिक बलियो हुने सम्भावना नहुने बताएका छन् । बलियो राज्य निर्माणका लागि बलियो राष्ट्रिय शक्तिका रुपमा राजनीतिक दलहरुको विकास अपरिहार्य रहेको उनले बताए ।
‘लामो समय नेपालका राजनीतिक दलहरुले राज्यसत्ताविरुद्ध संघर्ष गर्नु परेका कारणले नेपाली समाज राज्यसत्ताको विपक्षी जस्तो बन्न पुगेको छ । नेपाल राष्ट्रको विकास र समृद्धिका लागि राज्य हाम्रो हो भन्ने साझा मनोविज्ञानको विकास जरुरी छ । आज शनिबार सामाजिक सञ्जालमार्फत उनले भने, ‘वर्गीय समाजमा राज्य कमजोर हुने र नागरिक बलियो हुने सम्भावना रहँदैन । त्यसैले बलियो राज्यको निर्माणका लागि बलियो राष्ट्रिय शक्तिका रुपमा राजनीतिक दलहरुको विकास अपरिहार्य छ ।
महासचिव पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकताले राज्य दिन प्रतिदिन कमजोर भइरहेको बताएका छन् । उनले भनेका छन्, ‘नेपालीको मौलिक संस्कृतिमा भइरहेको विघटनले राज्यलाई थप कमजोर बनाइरहेको छ । उनले वर्तमान सरकारको वैधानिक अर्थतन्त्रलाई कमजोर बनाएर अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीतिले चरम आर्थिक संकट सिर्जना भएको उल्लेख गरे । उनले सरकारकै कारण देशबाट ठूलो संख्यामा नागरिकहरु वैदेशिक रोजगारीमा पलायन भइरहेको उल्लेख गरे ।
जबसम्म हामीले मुलुकभित्रको श्रमशक्तिलाई उद्यमशीलता र रोजगारीका माध्यमवाट राष्ट्रनिर्माणको काममा लगाउन सक्तैनौ तबसम्म विकास र समृद्धिको कुरा कोरा कल्पना मात्र हुनेछ। महासचिव पोखरेलले भनेका छन्, ‘आउनुहोस् विकास र समृद्धिको वाटोमा मुलुकलाई कसरी अघि वढाउन सकिन्छ विषयमा केन्द्रीत भएर राजनीतिक विमर्श गरौ । सही राजनीति नै समग्र नीतिहरुको नीति हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply