सत्ता र प्रतिपक्षबीच सहमति नजुट्दा संसद बैठक एक साता स्थगित
१६ साउन, काठमाडौं । प्रतिनिधिसभाको आज को बैठक पनि सूचना टाँसेर स्थगन भएको छ । सोमबार सूचना टाँस गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुनः सूचना टाँस गर्दै स्थगन गरिएको हो ।
सभामुख देवराज घिमिरेका सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार अर्को बैठक साउन २२ गते सोमबारका लागि बोलाइएको छ । क्विन्टल सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निरन्तर संसद् अवरोध गर्दै आएको छ । एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा र उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।
तर, सत्तापक्ष भने संसद् चलाएर सरकारले जवाफ दिन पाउनुपर्नेमा मागमा अडिन छ । सत्तापक्ष राजस्वबाट यसको अनुसन्धान भइरहेको भन्दै समिति बनाउन हतार गर्न नहुने पक्षमा छ । संसद्को जारी गतिरोध अन्त्य गर्न सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीसँग टेलिफोन संवाद गरेका छन् । यस्तै उनले आजै कार्य व्यवस्था परामर्श समितिमा पनि छलफल गरेका छन् । तर, समस्या समाधान हुन सकेको छैन ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply