माओवादीपार्टी पार्टी जस्तो हुन सकिरहेको छैन : प्रचण्ड
१७ साउन, काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रीय समितिको बैठक प्रज्ञा भवन कमलादीमा आज (बुधबार) दिउँसो सुरु भएको छ । बैठकको सुरुमै अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’ ले आफ्नो संक्षिप्त विचार राखेका छन् ।
उनले केन्द्रीय सदस्यहरुलाई सम्बोधनका क्रममा माओवादी पार्टी अझै पनि पार्टी जस्तो हुन नसकिरहेको गुनासो गरेका छन् । माओवादी अझै पनि पार्टी जस्तो हुन नसकेकाले व्यापक सुदृढीकरण जरुरी रहेको पनि बताए । प्रचण्डले साँचो अर्थमा कम्युनिस्ट पार्टी निर्माण अभियान यो बैठकबाट थाल्ने पनि बताएका छन् ।
उनले यस केन्द्रीय समिति बैठकले पार्टीलाई व्यवस्थित गरेर बलियो बनाउने दिशामा केन्द्रित गर्न सक्ने पनि बताएका छन् । सम्बोधनका क्रममा प्रचण्डले आफ्नो नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचारविरोधी अभियान चलाएपछि जनतामा आशा र भरोसा पैदा भएको बताएका छन् ।
सरकारका कारण पलाएको आशा र भरोसालाई आफूहरुले जनसंगठनमा बदलेर पार्टीलाई बलियो बनाउँदै लैजाने पनि बताए । बैठकमा देशको राजनीतिमा देखिएको पछिल्लो अवस्था र माओवादी भित्रकै बेथिति सुधारेर एक्सन वेरियन्टेड भएर जाने पनि बताएका छन् । यो बैठकबाट रचनात्मक छलफल गरी पार्टी निर्माणको थलोका रुपमा उपयोग गर्न पनि उनले केन्द्रीय सदस्यहरुलाई आग्रह गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply