गौर हत्याकाण्डका पीडितलाई प्रधानमन्त्रीको आवश्वासन : छिट्टै वार्ता टोली बनाउँछु
२० साउन, काठमाडौं । गौर हत्याकाण्डका पीडित संघर्ष समितिले आज (शुक्रबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुको भेटवार्ता भएको हो ।
भेटका क्रममा संघर्ष समितिले अमानवीय गौर हत्याकाण्डका दोषीहरूलाई कारबाहीको दायरमा ल्याउन माग गरेका थिए । त्यसका साथै उनीहरूले पीडितहरूले दोषीमाथि कारबाहीको माग गर्दै जारी राखेको आन्दोलनका बारेमा पनि जानकारी गराएका थिए ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले पीडित संघर्ष समितिको माग सम्बोधन गर्न आफू तयार रहेको बताएको भेटमा सहभागी एक जनाले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीले संघर्ष समितिसँग वार्ताका लागि छिटै नै गृहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने जानकारी दिएका थिए । यसैबीच गौर हत्याकाण्डका पीडितहरूले आज आठौँ दिन पनि धर्ना कार्यक्रम जारी राखेका छन् । रौतहटको चन्द्रपुरमा पीडित परिवारले सुरु गरेको धर्ना आठौँ दिन पनि जारी छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply