७ भाद्र २०८०, बिहीबार १०:०८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सुन तस्करी प्रकरण : अधिकारीलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइयो
७ भदौ, काठमाडौँ । सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग च्याट संवाद गरेको पाइएपछि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयमा तानिएको छ ।
मन्त्रालयले यसबारे के भएको हो अनुसन्धान गर्नका लागि मन्त्रालयमा तानिएको स्रोतले जनाएको छ । उनलाई मन्त्रालयको जगेडामा राखिएको छ । उनले २०७९ साल फागुन १७ गतेदेखि अध्यागमन विभागको महानिर्देशक थिए ।
उनी १६ फागुन २०७९ मा अध्यागमन विभागको महानिर्देशक बनेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका उनलाई गृह मन्त्रालयमा ल्याएर तत्कालै विभागको महानिर्देशक बनाइएको थियो । उनी त्यसअघि राजस्व अनुसन्धान विभागको महानिर्देशकका रुपमा उनी कार्यरत थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply