ललिता निवास प्रकरण : दाङका प्रजिअ सुशील वैद्यलाई जिम्मेवारीबाट हटाइयो
१० भदौ, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई जिम्मेवारीबाट हटाइएको छ । वैद्यलाई गृह मन्त्रालयमा तानिएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । बालुवाटारस्थित ललिता निवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकरणमा उनलाई फरार प्रतिवादी बनाउन केन्द्रीय अनुसन्धान ब्यूरोले राय दिएको छ ।
प्युठानको प्युठान नगरपालिका–४ घर भएका वैद्य मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत हुँदा ‘संगठित कीर्ते’ मा संलग्न रहेको ब्यूरोको अनुसन्धान निष्कर्ष छ । ब्यूरोको अनुसन्धान प्रतिवेदनको २४१ नम्बरमा उनलाई ‘फरार प्रतिवादी’ उल्लेख गरिएको छ ।
भदौ ५ मा सीआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा ७७१ पृष्ठ लामो अनुसन्धान प्रतिवेदन बुझाएको थियो । जग्गा फिर्ता लिने प्रयोजन भन्दा बाहेकका २३८ जनालाई ‘संगठित किर्ते’ गरेर जग्गा हिनामिना गरेको कसुरमा प्रतिवादी कायम गरिएको छ । सरकारी वकिलले आज अदालतमा अनुसन्धान प्रतिवेदन दर्ता गर्दैछ । ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको ब्यूरोको अनुसन्धान निष्कर्ष छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply