७७ अर्बको परियोजना भोलिबाट कार्यान्वयन हुँदै, एमसीसी उपाध्यक्ष आज नेपाल आउँदै
१२ भदौ,काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) भोलि (बुधबार) बाट औपचारिक रुपमा कार्यान्वयनमा जाने भएको छ ।
एमसीसी परियोजना औपचारिक कार्यान्वयनको घोषणा गर्न उपाध्यक्ष क्यामरुन एस अलफोर्ड आज (मंगलबार) नेपाल आउँदै छन् । १३ भदौमा अर्थ मन्त्रालयमा एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात हुने कार्यक्रम छ । एमसीसी औपचारिक सुरुवात भएको पाँच वर्षभित्र परियोजना सम्पन्न गर्नुपर्ने बाध्यतात्मक अवस्था छ । जस अनुसार १२ भदौं ०८५ मा यो परियोजना सम्पन्न भइसक्नु पर्छ ।
एमसीसी कार्यान्वयनको घोषणा अर्थ मन्त्रालयमा नेपाल र अमेरिकी अधिकारीहरूबीच ‘लेटर अफ एक्सचेन्च’ मार्फत गर्ने तयारी छ । नेपाल सरकारअन्तर्गतको मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले परियोजनाको सम्पूर्ण व्यवस्थापन गरिरहेको छ । परियोजनामा नेपाल र अमेरिकाको संयुक्त लगानी रहेको छ । एमसीसीको ५० करोड अमेरिकी डलर र नेपालको १३ करोड डलर लगानी रहने बताइएको थियो । तर, चालु आर्थिक वर्षमा ६ करोड ७० लाख डलर गरी ६९ करोड ७० लाख अमेरिकी डलर थपिएको छ । एमसीसी परियोजनाअन्तर्गत चार प्रसारणलाइन, तीन सबस्टेसन र पूर्व–पश्चिम राजमार्गको ७७ किमि सडकखण्ड विस्तार तथा मर्मत हुनेछ ।
एमसीसी कार्यान्वयनका लागि नेपालले सन् २०१७ मा नै सम्झौता गरेको थियो । तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा अमेरिका गएको टोलीले परियोजना कार्यान्वयनका लागि सम्झौता गरेको थियो । उक्त सम्झौतालाई २७ फेब्रुअरी ०२२ मा संसदबाट अनुमोदन गरिएको थियो । संसदबाट अनुमोदन गर्ने विषयमा राजनीतिक दल र सांसदहरूबीच विवाद भएको थियो । लामो विवाद र रस्साकस्सीका बीचमा एमसीसी संसदबाट अनुमोदन भएको थियो ।
त्यसैले कार्यान्वयनको सन्दर्भमा पनि आंशकाहरू भइरहेका छन । एमसीसी कार्यान्वयनका लागि औपचारिक रुपमा घोषणा गर्ने तयारी भइरहेका बेलामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आन्दोलन सुरु गरेको छ । औपचारिक रुपमा कार्यान्वयन सुरु भएपछि १२ भदौ ०८५ मा परियोजना निर्माण कार्य सम्पन्न नभएमा नेपाल सरकारले आफ्नै लगानी लगाउनुपर्ने बाध्यता हुन्छ । एमसीसीले परियोजनाको भौतिक प्रगतिअनुसार मात्रै भुक्तानी दिने र समयमा परियोजना सम्पन्न नभए रकम नपठाउने शर्त रहेको छ ।
एमसीसी कार्यान्वयनको घोषणका लागि नेपाल आउन लागेका क्यामरुनले उच्चस्तरीय राजनीति भेटघाट गर्ने पनि कार्यक्रम रहेको छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न राजनीतिक नेताहरूलाई भेट गर्ने र १५ भदौमा अमेरिका फर्किने कार्यतालिका रहेको छ । एमसीसी उपाध्यक्ष क्यामरुन काठमाडौंबाट फर्केलगत्तै अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भान होलेन काठमाडौं आउने कार्यक्रम रहेको छ । उनले अमेरिकी सहयोगमा सञ्चालित एमसीसी, अन्य अमेरिकी सहयोगका परियोजना र स्थानीय सांस्कृतिक महत्वका क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply