एमसीसी आजदेखि कार्यान्वयनमा आउँदै
१३ भदौ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) आजदेखि कार्यान्वयनमा आउँदै छ।
सम्झौताअनुसार एमसीसी आज (१३ भदौ) देखि कार्यान्वयनमा आउन लागेको हो। यो परियोजना आजदेखि पाँच वर्षभित्रम सम्पन्न हुने सम्झौतामा उल्लेख छ।
एमसीसीमार्फत अमेरिकाले नेपालमा ५० करोड अमेरिकी डलरको अनुदान सहयोग दिएको छ। यसमा नेपालले १३ करोड डलर थप गरेको छ।
यो सहयोगले काठमाडौंको लप्सीफेदीबाट नुवाकोटको रातमाटे, तनहुँको दमौली हुँदै बुटवलसम्म ४ सय केभी क्षमताको विद्युत् प्रसारणलाइन र सवस्टेशनहरु निर्माण हुनेछन्।
यसमा कपिलवस्तुको धानखोलाबाट दाङ र बाँकेको शिवखोलासम्मको सडक स्तरोन्नतीको काम पनि समेटिएको छ।
यो परियोजनाको विषयमा विवाद भएपछि प्रतिनिधिसभाले २०७८ सालको फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसीलाई अनुमोदन गरेको थियो। नेपालको व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकारेको छ।
सम्झौता अनुसार आजदेखि एससीसी कार्यान्वयनको मिति सुरु भए पनि यो परियोजनाका काम कसरी अघि बढ्छन्, प्रष्ट भइसकेको छैन।
यसैबीच एमसीसी कार्यान्वयन हुने पहिलो दिन आज एमसीको विरोधमा पाँचवटा वामपन्थी दलले देशव्यापी प्रदर्शन गर्दैछन्।
नेपाल कम्युनिष्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले संयुक्त रुपमा तथा राष्ट्रिय जनमोर्चाले आज छुट्टै विरोध प्रदर्शन गर्न लागेका हुन्। ती दलले एमसीसी खारेजीको माग गर्दै आएका छन्।
दिउँसो ३ बजे माइतीघर मण्डलामा चार दलले संयुक्त विरोध प्रदर्शन गर्दैछन्। त्यस्तै राष्ट्रिय जनमोर्चाले दिउँसो ३ बजे नै काठमाडौँको शान्तिवाटिकामा विरोध सभा गर्र्दैछ।
नेपालमा एमसीसी कार्यान्वयनमा जाने अघिल्लो दिन एमसीसी उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणका लागि नेपाल आइपुगेका छन्।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply