निलम्बित एसएसपी योगबहादुर पालमाथि कारबाही सिफारिस
२० भदौ, काठमाडौं । महिला प्रहरीलाई कार्यालयभित्रै यौन दुर्व्यवहार गरेको आरोपमा निलम्बित नेपाल प्रहरीका एसएसपी योगबहादुर पालमाथि गम्भीर प्रकृतिको विभागीय कारबाहीको सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयले गठन गरेको छानबिन समितिले घटनामा उनको संलग्नता पुष्टि गर्दै कारबाहीको सिफारिस गरेको हो ।
प्रहरी नायब महानिरीक्षक (डिआइजी) सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समितिले गत शुक्रबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई आफ्नो प्रतिवेदन बुझाएको हो । प्रतिवेदन थप अध्ययन गरी कारबाही प्रक्रिया अघि बढाउने प्रहरी महानिरीक्षक कुँवरको तयारी छ ।
नेपाल प्रहरी प्रदेश कार्यालय, कञ्चनपुरको प्रमुखका रूपमा कार्यरत रहँदा गत १९ जेठमा पालले महिला कर्मचारीलाई दुर्व्यवहार गरेका हुन् । बिदामा जान लागेकी एक महिला हवल्दारलाई निवासमा बोलाएर उनले यौन दुर्व्यवहार गरेका थिए । महिला प्रहरीले सुदूरपश्चिम प्रदेश कार्यालयमा उजुरी दिएपछि छानबिन सुरु भएको थियो ।
सोही दिन उनलाई जिम्मेवारीबाट हटाइएकोमा प्रारम्भिक छानबिनपछि उनलाई गृह मन्त्रालयले निलम्बन गरेको थियो । पछि डिआइजीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरिएको हो । समितिले स्थलगत रूपमै अध्ययन गरेको थियो । सबै पक्षसँगको कुराकानी र प्राविधिक विश्लेषणका आधारमा उनले महिला हवल्दारलाई दुर्व्यवहार गरेको प्रस्ट भएको छानबिनमा खुलेको स्रोतले जानकारी दिएको छ ।
बिदामा जान लागेकी कर्मचारीलाई उनले ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे मनाउनु पर्छ’ भन्दै आफूसँगै बस्न प्रस्ताव गरेका थिए । कार्यालयका अन्य महिला प्रहरीलाई पनि विगतमा त्यसैगरी दुर्व्यवहार गरेको छानबिनमा खुलेको छ । विगतमा पनि यस्ता घटनामा एसएसपी पालमाथि छानबिन हुँदै आएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply