वडाध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रियसभा गृहमा, मेयर बालेनले ओढाए झण्डा
२१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरको झण्डा ओढाएका छन् ।
आज (बिहीबार) बिहान उपचारका क्रममा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएका रिजालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलि दिँदै मेयर बालेनले महानगरको झण्डा ओढाएका हुन् । रिजालको शव श्रद्धाञ्जलिका लागि राष्ट्रियसभा गृहमा राखिएको छ । १२ बजेसम्म श्रद्धाञ्जलिका लागि राष्ट्रियसभा गृहमा राखिने र त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिनेछ ।
वडाध्यक्ष रिजालको निमोनियाका कारण निधन भएको हो । १७ भदौमा उपचारका लागि ग्रान्डी अस्पताल भर्ना भएका रिजालको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भएको थियो । उनको बिहीबार बिहान ७ बजेर ३० मिनेट जाँदा निधन भएको अस्पतालका स्वास्थ्य निर्देशक डा. विनोद विजुक्छेले जानकारी दिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply