प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा टुङ्गो लागिसकेको छैन : परराष्ट्रमन्त्री साउद
२१ भदौ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आउँदो असोज ६ गते हुने चीन भ्रमणको तयारी भइरहेको परराष्ट्र मन्त्री एनपी साउदले जानकारी दिएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री साउदले भ्रमणको तयारी भइरहेकोले अहिल्यै एजेण्डा टुङ्गो लागि नसकेको जानकारी दिएका हुन् ।
प्रधानमन्त्रीको आसन्न चीन भ्रमण, चीनले जारी गरेको नयाँ नक्सा र चिनियाँ राजदूतले दिएको अभिव्यक्तिबारे बिहीबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै मन्त्री साउदले प्रधानमन्त्रीको चीन भ्रमणको बारेमा सबै मन्त्रालयका सचिवहरूलाई बोलाएर छलफल गरेको जानकारी दिए । उनले विभिन्न मन्त्रालयका एजेण्डाका बारेमा छलफल गरेको, पूर्व परराष्ट्र मन्त्री तथा पूर्व राजदूतसँग पनि छलफल गरेको बताए ।
उनले भने, सबै मन्त्रालयहरूको तर्फबाट आएका प्रस्ताव अर्थ मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालय आउने क्रममा छ । हामीले डेलिभरीका विषय उठाउने तयारी गरेका छौँ । पुरै एजेण्डाहरू अन्तिम रूप दिईनसकेको अवस्था छ । शिक्षा, स्वास्थ्य, यातायात जस्ता विषय, कोभिडपछि बन्द भएका सीमा नाका खुलाउने विषय भ्रमणका क्रममा उठ्नेछ । तयारीको क्रममा रहेकोले एजेन्डा सार्वजनिक गर्न हतार नभएकोले एजेन्डा पछि सार्वजनिक गर्ने नै छौँ ।’
मन्त्री साउदले चीनले हाल प्रकाशन गरेको नक्सामा नेपालले सन् २०२० को जुनमा प्रकाशन गरेको नयाँ नक्सा नसमेटिएको विषयमा कूटनैतिक नोट पठाउने काम भएको बताए । २०२३ सेप्टेम्बर १ मा कूटनैतिक नोट लेख्दै चीनलाई यसबारे जानकारी गराएको बताएका छन् ।
उनले पूर्व परराष्ट्रमन्त्रीले कूटनैतिक नोट पठाएको भने पनि अनौपचारिक रूपमा कुन तहमा कसरी पठाएको भन्ने औपचारिक रूपमा नभेटेको बताए । चिनियाँ राजदूतले बोलेको भनिएको कुरामा अध्ययन भइरहेको पनि मन्त्री साउदले बताए ।
उनले थपे, ‘चिनियाँ राजदूतले बालेको विवादित विषयमा हामी अध्ययन गरिरहेका छौ । चीन र भारतसँग नेपालको मित्रवत् सम्बन्ध रहेको छ । नेपाल सबै अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न चाहन्छ । नेपालको विकासका लागि छिमेकी देशले खेलेको भूमिकाबारे नेपाल धन्यवाद दिन चाहन्छ ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply