आज निजामती सेवा दिवस
२२ भदौ,काठमाडौं । निजामती सेवा दिवस विविध कार्यक्रमसाथ मनाइँदैछ । सरकारले २०६२ सालदेखि हरेक वर्षको भदौ २२ गते यो दिवस मनाउँदै आएको छ ।
तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले २०१३ भदौ २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो । तर, नियमित दिवस मनाउने प्रचलन पछिल्लो समयमा मात्र भयो ।
हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ ।
निजामती दिवसका दिन सरकारले उत्कृष्ट कर्मचारीलाई पुरस्कृत, सेवानिवृत्तलाई सम्मानसमेत गर्दै आएको छ । जसअनुसार यो वर्ष ४० जना कर्मचारी पुरस्कृत हुँदैछन् ।
हिजोमात्र संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० सदनमा पेश गर्ने क्याविनेटले निर्णय गरेको छ ।
यस वर्ष दिवसको नारा ‘व्यावसायिक सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ तय गरिएको छ । मुख्यसचिव बैकुण्ठ अर्यालले निजामती सेवालाई समयानुकूल सुधार्दै देश र जनताको हितप्रति प्रतिबद्ध, समर्पित र उत्प्रेरित तुल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply