बेपत्ता मेजर पण्डितको शव १६ दिनपछि भेरी नदीमा भेटियो
२६ भदौ,डोल्पा । भदौ ११ गतेदेखि हराइरहेका डोल्पा दुनैस्थित नन्दबक्स गुल्मका मेजर बिमल पण्डितको शव आज (मंगलबार) भेरी नदीमा भेटिएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका–५ अन्तर्गत पर्ने करबगाडस्थित चिन्ढेबगरनजिक भेरीको किनारमा मेजर पण्डितको मृत शव भेटिएको हो । भेरीमा माछा मार्न जाल खेल्दै जाँदा मंगलबार बिहान ६ बजेतिर त्रिपुरासुन्दरी–५ का परिमल भनिने शिवकमल सार्कीले चिण्ढेबगरस्थित भेरी किनारमा शव देखेपछि खदाङ्गस्थित प्रहरी चौकीमा खबर गरेका थिए ।
दुईटा ढुङ्गाको खोल्सामा ठूलो ज्यान भएको बायाँ हातमा घडी र दायाँ हातको कान्छी औँलामा औठी देखेपछि मेजरको शव हुन सक्ने भनेर चौकीमा खबर गरेको सार्कीले बताएका छन् । सार्कीले खबर गर्नेबित्तिकै खदाङ्ग प्रहरीले जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिएको थियो ।
त्यसलगत्तै प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीको कमाण्डमा एउटा टोली खटिएको थियो । उद्धार सामाग्रीसहित नेपाली सेनाका मेजर रवि शाहको टोली पनि चिण्ढेबगरमा पुगेको थियो । प्रनाउ बुढाथोकीको टोली पुगेको केही समयपछि रामबाण गुल्मका गुल्मपति ध्रुव कार्कीको टोली पनि पुगेर खोचमा रहेको शव बाहिर निकालेर पहिचान प्रयास गरेको थियो ।
घडी र औँठीबाट शव मेजरको पुष्टि भएको घटनास्थलमा पुगेका प्रहरी नायव उपरीक्षक शिब बुढाथोकीले जानकारी दिएका छन् । शव फेला परेको ठाउँबाटै प्रत्यक्षदर्शी लगायतका स्थानीय समेतको उपस्थितिमा मुचुल्का उठाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा ल्याइँदैछ । शव पहिचानका लागि मेजर पण्डितका दाजु कुमार पण्डित समेत घटनास्थलमा पुगेका थिए । काठमाडौ कागेश्वरी मनोहरा नगरपालिका डाँछी घर भई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपरान्ह ४ बजेदेखि बेपत्ता भएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply