६० किलो सुन नेपाल भित्र्याउने समूहका एक चिनियाँ भारतबाट पक्राउ
२८ भदौ,काठमाडौं । नेपालमा तस्करीको सुन राजश्वको टोलीले बरामद गरेपछि भागेका एक चिनियाँ नागरिक भारतमा पक्राउ परेका छन् । गत साउन २ गते राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट ६० किलो ७१७ ग्राम सुन बरामद भएपछि भागेका चिनियाँ नागरिक पेङ योङसिन साउन ४ गते भारतमा पक्राउ परेको खुलेको छ ।
पेङ नेपालमा भित्रिएको तस्करीको सुन हङकङबाट पठाउनेमध्येका मुख्य व्यक्ति भएको सीआईबीले जनाएको छ । पश्चिम बंगालको शिलगढीको खरिबारी क्षेत्रबाट भारत प्रवेश गर्ने क्रममा उनलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय सशस्त्र सीमा बल उनलाई भारत प्रवेश गर्ने क्रममा पक्राउ गरेको हो । उनलाई जासुसी गरेको आशंकामा पक्राउ गरेको छ । उनको साथबाट एसएसबीले चिनियाँ राहदानी पनि बरामद गरेको छ ।
३९ वर्षीय पेनलाई खरिबारी प्रहरी ठानामा राखिएको छ । सुन प्रकरणमा कारबाही गर्नका लागि उनलाई नेपाल ल्याउन नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरिरहेको सीआईबी स्रोतले जनाएको छ । हङकङबाट नेपालमा ब्रेकप्याडमा रेडि ट्रेडको नाममा एक वर्षमा ३६२ किलो सुन भित्रिएको सीआईबीको निष्कर्ष छ । झण्डै ६१ किलो सुन प्रकरणको अनुसन्धान गर्ने क्रममा सुन भित्र्याउन प्रयोग गरिएका ब्रेक प्याडका आधारमा उक्त परिमाणमा चिनियाँ गिरोहले सुन ल्याएको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
हङकङबाट सुन पठाउनेमा लिन, मिस ली, पेन योङसिन, दावजिङ योङ र झोङ जिङचुआन रहेको सीआईबीको दाबी छ । दावजिङ योङ यसअघि भेपको ९ किलो सुन विमानस्थलमा पक्राउ परेपछि नेपालबाट भागेका थिए। उनी चिन फर्किसकेको प्रहरीले जनाएको छ ।
करिव ६१ किलो सुन प्रकरणमा सीआईबीले ९ विदेशीसहित ३२ जनालाई पक्राउ गरेको थियो । तर भन्सार अधिकृत र टक्सी चालकसहित ७ जनाविरुद्ध मुद्दा नचलाउने राय सीआईबीले दिएको छ । पक्राउ परेका मध्ये २५ जनालाई प्रतिवादी बनाउन र फरार चार जनालाई पनि मुद्दा चलाउनु पर्ने निस्कर्ष सीआईबीको छ । फरार रहनेमा अमला रोका, भोला सराफ, जीवन चलाउने र चिनियाँ नागरिक लोरुङ गोम्बो छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply