३० भाद्र २०८०, शनिबार ०५:४७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सल्यानमा आगलागी, आमा–छोरीको मृत्यु
३० भदौ,सल्यान । सल्यानमा घरमा सुतेको अवस्थामा आगलागी हुँदा आमा–छोरीको ज्यान गएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–२ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शुक्रबार राति आफ्नै घरमा सुतेको अवस्थामा लागेको आगोका कारण आमा–छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए ।
उनीहरुको शव जलेको अवस्थामा शनिबार बिहान फेला परेको उनले बताए । आगलागी कसरी भयो भन्ने खुलेको छैन । ‘प्रहरी निरिक्षकसहितको टोली घटनास्थलमा पुग्नु भएको छ, के कारणले आगलागी भयो भन्ने स्पष्ट खुलेको छैन । प्रारम्भिक अनुसन्धानमा हेर्दा ग्याँस लिक भएर आगलागी भएको हुन सक्ने देखिन्छ, उनले भने । घटनाबारे अनुसन्धान जारी रहेको उनले बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply