बाँकेको राप्ती सोनारीस्थित पूर्व-पश्चिम राजमार्गमा बम विस्फोट
३१ भदौ, बाँकेस्थित पूर्व-पश्चिम राजमार्गमा शक्तिशाली बम विस्फोट भएको छ।
द्वन्द्वकालीन मानिएको उक्त बम विस्फोटबाट राजमार्गमा ठूलो खाड परेको छ
उक्त विस्फोटबाट बाँकेको सोनारी- ९, ढकेरीबाट तीन किलोमिटर पूर्वस्थित राजमार्गमा भएको हो
माओवादीले चलाएको द्वन्द्वकालमा बिच्छ्याइएको हुन सक्ने अनुमान गरिएको उक्त बम विस्फोटबाट मानवीय क्षति भएको छैन।
जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले मध्यराति नै उक्त बम विस्फोट भएको खुलेको छ।
डाँगीका अनुसार बस्तीभन्दा परको खाली ठाउँमा रातको समयमा विस्फोट भएकाले अन्य क्षति भएको छैन।
उक्त बम विस्फोट भएको स्थानमा नेपाली सेना र प्रहरीको टोलीले पुगेर अनुसन्धान गरेको थियो।
डीएसपी डाँगीका अनुसार सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गर्दा उक्त बम द्वन्द्वकालीन हुने अनुमान गरिएको छ।
अहिले खाडल परेको उक्त स्थानमा सडक विभागको टोली आएर मर्मतपछि दुईतर्फी यातायात सञ्चालनमा आइसकेको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply