बाँकेको राप्ती सोनारीस्थित पूर्व-पश्चिम राजमार्गमा बम विस्फोट
३१ भदौ, बाँकेस्थित पूर्व-पश्चिम राजमार्गमा शक्तिशाली बम विस्फोट भएको छ।
द्वन्द्वकालीन मानिएको उक्त बम विस्फोटबाट राजमार्गमा ठूलो खाड परेको छ
उक्त विस्फोटबाट बाँकेको सोनारी- ९, ढकेरीबाट तीन किलोमिटर पूर्वस्थित राजमार्गमा भएको हो
माओवादीले चलाएको द्वन्द्वकालमा बिच्छ्याइएको हुन सक्ने अनुमान गरिएको उक्त बम विस्फोटबाट मानवीय क्षति भएको छैन।
जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले मध्यराति नै उक्त बम विस्फोट भएको खुलेको छ।
डाँगीका अनुसार बस्तीभन्दा परको खाली ठाउँमा रातको समयमा विस्फोट भएकाले अन्य क्षति भएको छैन।
उक्त बम विस्फोट भएको स्थानमा नेपाली सेना र प्रहरीको टोलीले पुगेर अनुसन्धान गरेको थियो।
डीएसपी डाँगीका अनुसार सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गर्दा उक्त बम द्वन्द्वकालीन हुने अनुमान गरिएको छ।
अहिले खाडल परेको उक्त स्थानमा सडक विभागको टोली आएर मर्मतपछि दुईतर्फी यातायात सञ्चालनमा आइसकेको छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply