२ आश्विन २०८०, मंगलवार ०२:१७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
दैलेखमा चट्याङ लागेर किशोरको मृत्यु, आठ जना घाइते
२ असोज,दैलेख । दैलेखमा चट्याङ लागेर १६ वर्षीय किशोरको मृत्यु भएको छ । घटनामा अरु आठ जना घाइते भएका छन् । महाबु गाउँपालिका–३ बासी घर भएका १६ वर्षीय किशोर दाहालको चट्याङ लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दीपक बिष्टका अनुसार सोमबार तीजको मेला हेरेर फर्किने क्रममा महाबुस्थानको एक्ले सल्लो भन्ने ठाउँमा चट्याङ लाग्दा किशोरको मृत्यु भएको हो ।
किशोरसँगै रहेका अन्य आठ जना चट्याङले घाइते भएका छन् । घाइतेमध्ये केहीलाई बढी चोट लागेको प्रहरीले जनाएको छ । चट्याङबाट गम्भीर घाइते भएका किशोरको उपचारका क्रममा दैलेख जिल्ला अस्पतालमा मृत्यु भएको हो । आठ जना घाइतेको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply