बागमती प्रदेशको पदाधिकारीमा सिन्धुलीबाट खड्ग खत्री साझा उम्मेदवार
९ अशोज, काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको जारी प्रथम अधिवेशनबाट एक पदाधिकारी पाउने अवस्थामा सिन्धुली जिल्लाले सर्वसम्मतरुपमा खड्ग खत्रीलाई उम्मेदवारकारुपमा अगाडी सार्ने भएको छ ।
अधिवेशनको उद्घाटन सत्र सकिएपछि वागबजारको हार्दिक होटलमा बसेको सिन्धुलीका अधिवेशन प्रतिनिधि तथा जिल्ला नेताहरुको भेलाले यो निष्कर्ष निकालेको हो । प्रदेश कमिटीका पाँच पदाधिकारीमध्ये खत्रीले उपसचिवमा दावी गर्दै आएका छन् ।
कमलामाइ नगरपालिकाको निवर्तमान प्रमुख खत्रीले अघिल्लो कार्यकालका लोकपिय मेयरको छबी बनाएका थिए । हाल एमालेको बागमती प्रदेश कमिटी सदस्य रहेका उनलाई पदाधिकारीमा ल्याउन पहल गर्ने साझा निष्कर्ष उक्त भेलाले निकालेको थियो । भेलामा सहभागी एक नेताका अनुसार भेलाले यस पटक जिल्लाका लागि एक पदाधिकारी लिनेमा पहल गर्ने र त्यसमा खत्रीको नाम अगाडी सार्ने कुरामा अनौपचारिक सहमति जुटेको छ ।
जारी अधिवेशनको हिजो पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । उद्घाटनको सम्बोधनका क्रममा अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धाका लागि ढोका बन्द नभएको तर प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा गए कार्वाही गरिने चेतावनी दिएका थिए ।
अधिवशेनको बन्द सत्र आजबाट शुरु हुदैछ । यो अधिवेशनमा प्रदेश कमिटीको अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण दाहाल र हालका अध्यक्ष केशव पाण्डेले दावी प्रस्तुत गरेका छन् । अधिवेशनमा १३ जिल्लाका करिव १ हजार दुई सय प्रतिनिधि सहभागी छन् । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित २४० सदस्यीय प्रदेश कमिटी गठन गर्नेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply