΄मेरा कुरा काँटछाँट गरेर युट्युबमा विवादित बनाइयो’
२३ आश्विन, काठमाडौं । आफूले बोलेको कुरालाई काँटछाँट गरेर विवादित बनाइएको भन्दै नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य रघुजी पन्तले त्यस्ता सामग्री बनाउनेमाथि कारबाहीको माग गरेका छन् ।
पन्तले इजरायलमा नेपाली विद्यार्थीको मृत्यु हुनुभन्दा अघि बेग्लै सन्दर्भमा बोलेको सैद्धान्तिक विषयलाई अहिले आएर केही युट्युब र सामाजिक सञ्जालमा आफू अनुकूल काटेर अनर्थ लगाई भाइरल बनाइएको भन्दै विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन् ।
बेग्लै सन्दर्भमा बोलेका कुरालाई काँटछाँट गरी गलत अर्थ लाग्ने गरी भिडिओ बनाएर प्रचार गर्नु आपत्तिजनक भएको उल्लेख गर्दै नेता पन्तले टिकटक, युट्युब आदीमा भाइरल बनाइएका ती सामग्री तत्काल हटाउन माग पनि गरेका छन्।
पन्तले भनेका छन्– इजरायलमा नेपाली विद्यार्थीहरू हमासको आक्रमणमा परी मारिएको समाचार आउनुभन्दा अघि बोलेका कतिपय बोलीलाई काँटछाँट गरी गलत अर्थ लाग्ने भिडिओ बनाएर टीकटक, युट्युब आदिमा राखी केही व्यक्तिले जनमानसमा भ्रम उत्पन्न गराएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, बेग्लै प्रश्नको उत्तर दिँदा बोलेका कुराहरूलाई काँटछाँट गरी गलत अर्थ लाग्ने गरी भिडिओ बनाएर प्रचार गर्नु आपत्तिजनक कार्य भएकोले यस्ता भिडिओहरू तत्काल हटाउन माग गर्दछु। यस्तो काम गलत भएकोले यस्ता भिडिओ बनाएर प्रचार गर्ने कार्य रोक्न सम्बन्धित क्षेत्रले आवश्यक पाइला चालोस् भनी ध्यानाकर्षण गर्दछु।
पन्तले एक नेपालीले अर्को नेपालीको दुःखमा सहभागी भएर पीडामा मलहम लगाउनुपर्ने बेलामा व्यक्तिका भनाइलाई बङ्ग्याएर प्रस्तुत गरी भ्युज बढाउन खोज्ने अमानवीय कार्य भएको भन्दै तत्काल ती भिडिओ क्लिप हटाउन माग गरेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply