जातीय विभेद गरेको अभियोगमा वडाध्यक्षलाई कैद र जरिवाना
७ मंसीर, काठमाडौं । आफ्नै वडा सदस्यमाथि जातीय विभेद गरेको अभियोगमा पोखरा महानगरपालिका–२४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई कास्की जिल्ला अदालतले साढे चार महिना कैद सजाय सुनाएको छ । सार्वजनिक पद धारणा गरेको व्यक्ति भएकाले थप ५० प्रतिशत सजाय तोकिएको छ ।
पोखरा–२४ का वडाध्यक्ष अधिकारी यसअगाडि धरौटीमा छुटेका थिए । गत माघ ९ गते एक लाख ५० हजार रुपैयाँ तिरेर धरौटीमा छुटेका अधिकारीविरुद्धको मुद्दामा अदालतले बिहीबार उनलाई साढे चार महिना कैदसहित ७५ हजार रुपैयाँ जरिवाना तिराउने फैसला गरेको हो ।
न्यायधीश अवनी मैनाली भट्टराइको एकल इजलासले पीडित वडा सदस्य मैया नेपालीलाई १० हजार रुपैयाँ क्षतिपूर्ति तिराउन समेत आदेश दिएको छ । वडाध्यक्ष अधिकारीले गएको वर्ष पुस १८ गते एक सार्वजनिक कार्यक्रममा सदस्य नेपालीमाथि जातीय विभेदजन्य गालीगलौज गरेका थिए । त्यसविरुद्ध नेपाली कानुनी प्रक्रियामा गएकी थिइन् ।
त्यसको पाँच दिनपछि कास्की प्रहरीले वडाध्यक्ष अधिकारीलाई पक्राउ गरेको थियो । प्रहरीमा नेपालीले दिएको जाहेरीमा अधिकारीलाई नेपालको संविधान, जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी (कसुर र सजाय) ऐन, २०६८ बमोजिम कारबाही गर्न माग गरिएको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply