भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
१५ फागुन, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितका कोषाध्यक्ष रेवतराज पुरी (गगन) ले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विशेष अदालतले गरेको फैसला, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफूविरूद्ध अभियोग दर्ता गरेकाले पदबाट राजीनामा दिएको जानकारी दिएका छन् ।
सम्पत्ति शुद्धिकरण मुद्दामा विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गर्दै चार करोड बढी रकम जरिवाना गरेको थियो । त्यस्तै आइतबार मात्रै उनीविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । झापाको दमक नगरपालिका– १३ र १४ स्थित ‘बालुवाटार’ को ३८४ रोपनी जग्गा निजीकरण गरेको आरोपमा नौं सरकारी कर्मचारीसहित १८७ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले गगन पुरीविरूद्ध तीन करोड ३५ लाख ७६ हजार ८८० रुपैयाँ जरिवाना माग गरेको थियो । उनले लिएको जग्गा पनि जफत गर्न अख्तियारले मागेको छ । यी दुई मुद्दामा मुछिएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।
दमकको जग्गा प्राप्तीबारे उनले विज्ञप्तिमार्फत प्रष्टिकरण समेत दिएका छन् । उनका बुबा भगवान पुरीले २००२ सालदेखि जंगल फडानी गरी करिब ६० बिगाहा जमिन जोतभोग गरेको, २०२१ सालमा बुवाको नाममा २४ बिगाहा र आमा रुपादेवी पुरीको नाममा ४–१४–१० गरी जम्मा २९ बिगाहा १४ कट्ठा १० धुर जग्गाको धनीपुर्जा तत्कालीन श्री ५ को सरकारबाट प्राप्त गरेको पुरीको दाबी छ ।
त्यसरी प्राप्त गरेको पैत्रिक जमिनमाथि कानुनी अड्चन पैदागरी विभिन्न मिडिया र सामाजिक सञ्जालहरूमा गलत प्रचारबाजी भइरहेको उनले आरोप समेत लगाएका छन् । आफूले गैरकानुनी काम नगरेको पनि उनले दावी गरेका छन् । ‘हामी सबै जना निर्दोष छौं र अन्यायमा परेका छौं । यस घटनाबारे सत्यतथ्य छानबिन हुन जरुरी छ,’ उनले भनेका छन् ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply