मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक — कसको कति सम्पत्ति?
काठमाडौं । नेपालका विभिन्न मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। सार्वजनिक विवरणअनुसार मन्त्रीहरूको सम्पत्ति, बैंक ब्यालेन्स, सुन–चाँदी तथा अन्य स्रोतहरू उल्लेख गरिएको छ।
प्रधानमन्त्रीको आर्थिक अवस्था
प्रधानमन्त्रीको बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको छ। उनको आम्दानीको मुख्य स्रोत सामाजिक सञ्जाल उल्लेख गरिएको छ। साथै, उनकी श्रीमतीसँग १९० तोला सुन रहेको विवरणमा देखिन्छ।
अर्थमन्त्रीको सम्पत्ति विवरण
अर्थमन्त्री वाग्लेको नाममा ४ वटा घर तथा अपार्टमेन्ट रहेको उल्लेख गरिएको छ। उनको बैंकमा १ करोड ९० लाख रुपैयाँ मौज्दात रहेको छ भने ३ करोड ५५ लाख रुपैयाँ ऋण रहेको देखिन्छ।
गृहमन्त्रीको सम्पत्ति
गृहमन्त्री सुधन गुरुङसँग ४ करोड ३१ लाख बराबरको शेयर रहेको छ। उनको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ।
स्वास्थ्यमन्त्रीको सम्पत्ति
स्वास्थ्यमन्त्री निशासँग ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख गरिएको छ।
ऊर्जामन्त्रीको सम्पत्ति
ऊर्जामन्त्री विराजभक्तसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको विवरण सार्वजनिक गरिएको छ।
कानुनमन्त्रीको सम्पत्ति
कानुनमन्त्री गौतमको बैंकमा करिब साढे १० लाख रुपैयाँ रहेको छ। उनीसँग १५ तोला सुन पनि रहेको उल्लेख छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको विवरण
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग २० वटा कुखुरा र एउटा कुकुर रहेको उल्लेख गरिएको छ। उनीसँग एउटा स्कुटर, तीन वटा ल्याप्टप, दुई वटा मोबाइल, नगद ५० हजार र बैंकमा १५ लाख रुपैयाँ रहेको छ। साथै, सुर्खेतमा ८९.६५ वर्ग मिटर क्षेत्रफलको जग्गा, १८ तोला सुन र १५ तोला चाँदी पनि रहेको छ।
भौतिक पूर्वाधार मन्त्रीको सम्पत्ति
भौतिक पूर्वाधार मन्त्रीसँग ३० तोला सुन, ५० तोला चाँदी र बैंकमा ९० लाख रुपैयाँ बचत रहेको उल्लेख गरिएको छ।
यस सम्पत्ति विवरणले सरकारका उच्च पदस्थ व्यक्तिहरूको आर्थिक अवस्थाबारे केही झलक दिएको छ। तर सार्वजनिक विवरण कति पारदर्शी र विश्वसनीय छ भन्ने विषयमा जनस्तरमा बहस जारी छ।
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
हर्क साम्पाङको संसद बहिष्कार, ‘देशमा प्रधानमन्त्री नै छैन’
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
खर्च कटौती गर्दै सरकार, १८ खर्ब ९० अर्बको बजेट तयारी
-
भारतबाट तरकारी आयातमा कडाइ, रानी तलाउ मण्डीमा नेपाली तरकारीको व्यापार बढ्यो
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
Leave a Reply