ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक माथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले मंगलबार सार्वजनिक गरेको जानकारीअनुसार, उनीहरूमाथि भइरहेको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र विधिसम्मत ढंगले अघि बढाइएको छ। अनुसन्धान जिल्ला सरकारी वकिल कार्यालयसँगको समन्वयमा भइरहेको प्रहरीले स्पष्ट पारेको छ।
उल्लेखनीय छ कि चैत १४ गते पक्राउ परेका ओली र लेखकलाई सर्वोच्च अदालतको परमादेशपछि चैत २६ गते रिहा गरिएको थियो। हाल उनीहरूलाई माथवर व्यक्तिको जमानीमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।प्रहरीले सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा फैलिरहेका भ्रामक, अप्रमाणित तथा तथ्यहीन सूचना नप्रसारण गर्न सबैलाई अनुरोध गरेको छ। यस्ता गतिविधिले अनुसन्धान प्रक्रियामा असर पार्न सक्ने भन्दै जिम्मेवार सूचना प्रवाह गर्न अपिल गरिएको छ।
प्रहरीले यस प्रकरणमा कानुनी प्रक्रिया अनुसार अनुसन्धान जारी राखेको बताउँदै कुनै पनि निष्कर्षमा पुग्नुअघि आधिकारिक स्रोतबाट मात्र जानकारी लिन आग्रह गरेको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply