विद्यार्थी ठगीको आरोपमा ९५ कन्सल्टेन्सीमा प्रहरीको आकस्मिक अपरेशन
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय ले शैक्षिक परामर्श संस्थामाथि व्यापक अपरेशन चलाउँदै उपत्यकाभरका ९५ वटा कन्सल्टेन्सीमा छापा मारेको छ । शुक्रबार गरिएको विशेष अनुगमनका क्रममा प्रहरीले ६९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार शैक्षिक परामर्शको नाममा ठगी, अवैध आर्थिक कारोबार तथा कागजातसम्बन्धी अनियमितता भइरहेको आशंकापछि एकैपटक विभिन्न स्थानमा अनुसन्धान अघि बढाइएको हो ।
कार्यालयका एसपी रामेश्वर कार्की ले पक्राउ परेकामाथि आवश्यक स्क्रिनिङ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइने जानकारी दिए । उनले केही कन्सल्टेन्सीले वैदेशिक अध्ययनका नाममा विद्यार्थी र अभिभावकलाई भ्रममा पार्ने, अनधिकृत शुल्क असुल्ने तथा नक्कली कागजात प्रयोग गर्ने गतिविधि गरेको प्रारम्भिक सूचनाका आधारमा कारबाही गरिएको बताए ।
उपत्यकाभर एकैपटक सञ्चालन गरिएको यो अपरेशनपछि शंकास्पद रूपमा कन्सल्टेन्सी सञ्चालन गर्ने व्यवसायीहरूमा त्रास फैलिएको छ । प्रहरीले कागजात, कम्प्युटर तथा आर्थिक कारोबारसम्बन्धी विवरण समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरीले विद्यार्थी तथा अभिभावकलाई कुनै पनि शैक्षिक परामर्श संस्था छनोट गर्दा सरकारबाट स्वीकृति प्राप्त भए/नभएको, शुल्क संरचना तथा सेवा प्रक्रियाबारे राम्रोसँग बुझ्न आग्रह गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply