उपाध्यक्ष बन्न अजितमानको दौडधुप
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको ‘मिटर रिडिङ’ पदमा कार्यरत रहँदै लुम्बिनी विकास कोषको सदस्य सचिव भएका अजितमान तामाङको पाँचवर्षे अवधि सकिन लागेको छ । तर सदस्य सचिव तामाङले आफ्नो पदावधि बाँकी छँदै खाली रहेको उपाध्यक्ष पद उम्काउन अहिलेदेखि नै लबिङ थालिसकेका छन् ।
उपाध्यक्ष भिक्षु निग्रोधको पदावधि साउन २३ गते सकिएपछि सदस्य सचिव तामाङले सो पद जिप्ट्याउन केही मानिसलाई परिचालन गरेका छन् । तामाङलाई उपाध्यक्ष बनाउन जय हनुमान कन्स्ट्रक्सनको साइड हेर्ने जिम्मा पाएका शालिग्राम विष्ट सक्रियतापूर्वक लागिपरेका छन् । अचेल विष्ट ‘जति पैसा खर्च गर्न परे पनि गर्छु र तामाङलाई नै उपाध्यक्ष बनाउँछु’ भन्दै दौडधुप गरिरहेको बताइन्छ ।
तामाङलाई उपाध्यक्ष बनाउन विष्टले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवलाई भेटिसकेका छन् । मन्त्री देवलाई भेटेर उनले तामाङलाई उपाध्यक्ष बनाउन आग्रह गरे पनि मन्त्रीले भने सकारात्मक जवाफ नदिएको बताइन्छ । मन्त्री देवले भने ‘म भ्रष्ट मानिसलाई ल्याउदिनँ, राम्रो मान्छेलाई बनाउँछु’ भनेर जवाफ दिइसकेको बताइन्छ ।
यसैगरी लुम्बिनी गुरुयोजनाभित्र पानी वितरण गर्न बनाइएको ट्यांकीमा अनियमितता भएको बुझिएको छ । कोषले जय हनुमान कन्स्ट्रक्सनलाई ९ लाख लिटर क्षमताको पानी ट्यांकी बनाउन २९ करोड रुपैयाँमा ठेक्का दिइएको थियो । कोषका सदस्य सचिव तामाङ र मूल्यांकन समितिका मानिसहरू मिलेर उक्त कन्स्ट्रक्सनलाई ४० प्रतिशत बिलोमा पानी ट्यांकी निर्माणको ठेक्का दिइएको थियो । सो कम्पनीलाई ठेक्का दिँदा तामाङ र समितिमा रहेका सरोज भट्टराई, अफजल हुसेन पठान र लेखा प्रमुख भीम बस्नेतले २ करोड कमिसन लिएको कुरा अहिले लुम्बिनीभरि चर्चा छ ।
सो कम्पनीलाई माथि एउटा र जमिनमुनि दुईटा ट्यांकी बनाउन ठेक्का दिइएको थियो । तर जमिनमुनि करिब २ लाख लिटर पानी अट्ने क्षमताको ट्यांकी बनाउँदा भने अनियमितता भएको बताइन्छ । जमिनमुनि बनाउने दुईवटा ट्यांकीमध्ये एउटामा तीन मिटरजति ढलान गरेपछि एक्कासि दुई मिटर ढलानको भाग उठेपछि हल्लीखल्ली मच्चिएको छ । त्यो दुई मिटर कसरी माथि उठ्यो ? भनेर कसैले प्रश्न गर्दा इन्जिनियर हुसेनले ‘तलपानी परेर माथि उठेको’ जवाफ दिएपछि उक्त काममा लापरबाही भएको अनुमान लगाउन थालिएको छ । तर राष्ट्रिय गौरवको आयोजना लुम्बिनीमा यति लापरबाही ढंगले काम हुँदा पनि सम्बन्धित निकायको ध्यान पुग्न नसकिरहेको बताइन थालिएको छ । अहिले सो ट्यांकी निर्माणको प्राविधिक काम भने कन्स्ट्रक्सनका तर्फबाट सदस्य–सचिव तामाङलाई उपाध्यक्ष बनाउन दौडधुप गरिरहेका तिनै विष्टले हेरिरहेका छन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply