उपाध्यक्ष बन्न अजितमानको दौडधुप
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको ‘मिटर रिडिङ’ पदमा कार्यरत रहँदै लुम्बिनी विकास कोषको सदस्य सचिव भएका अजितमान तामाङको पाँचवर्षे अवधि सकिन लागेको छ । तर सदस्य सचिव तामाङले आफ्नो पदावधि बाँकी छँदै खाली रहेको उपाध्यक्ष पद उम्काउन अहिलेदेखि नै लबिङ थालिसकेका छन् ।
उपाध्यक्ष भिक्षु निग्रोधको पदावधि साउन २३ गते सकिएपछि सदस्य सचिव तामाङले सो पद जिप्ट्याउन केही मानिसलाई परिचालन गरेका छन् । तामाङलाई उपाध्यक्ष बनाउन जय हनुमान कन्स्ट्रक्सनको साइड हेर्ने जिम्मा पाएका शालिग्राम विष्ट सक्रियतापूर्वक लागिपरेका छन् । अचेल विष्ट ‘जति पैसा खर्च गर्न परे पनि गर्छु र तामाङलाई नै उपाध्यक्ष बनाउँछु’ भन्दै दौडधुप गरिरहेको बताइन्छ ।
तामाङलाई उपाध्यक्ष बनाउन विष्टले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवलाई भेटिसकेका छन् । मन्त्री देवलाई भेटेर उनले तामाङलाई उपाध्यक्ष बनाउन आग्रह गरे पनि मन्त्रीले भने सकारात्मक जवाफ नदिएको बताइन्छ । मन्त्री देवले भने ‘म भ्रष्ट मानिसलाई ल्याउदिनँ, राम्रो मान्छेलाई बनाउँछु’ भनेर जवाफ दिइसकेको बताइन्छ ।
यसैगरी लुम्बिनी गुरुयोजनाभित्र पानी वितरण गर्न बनाइएको ट्यांकीमा अनियमितता भएको बुझिएको छ । कोषले जय हनुमान कन्स्ट्रक्सनलाई ९ लाख लिटर क्षमताको पानी ट्यांकी बनाउन २९ करोड रुपैयाँमा ठेक्का दिइएको थियो । कोषका सदस्य सचिव तामाङ र मूल्यांकन समितिका मानिसहरू मिलेर उक्त कन्स्ट्रक्सनलाई ४० प्रतिशत बिलोमा पानी ट्यांकी निर्माणको ठेक्का दिइएको थियो । सो कम्पनीलाई ठेक्का दिँदा तामाङ र समितिमा रहेका सरोज भट्टराई, अफजल हुसेन पठान र लेखा प्रमुख भीम बस्नेतले २ करोड कमिसन लिएको कुरा अहिले लुम्बिनीभरि चर्चा छ ।
सो कम्पनीलाई माथि एउटा र जमिनमुनि दुईटा ट्यांकी बनाउन ठेक्का दिइएको थियो । तर जमिनमुनि करिब २ लाख लिटर पानी अट्ने क्षमताको ट्यांकी बनाउँदा भने अनियमितता भएको बताइन्छ । जमिनमुनि बनाउने दुईवटा ट्यांकीमध्ये एउटामा तीन मिटरजति ढलान गरेपछि एक्कासि दुई मिटर ढलानको भाग उठेपछि हल्लीखल्ली मच्चिएको छ । त्यो दुई मिटर कसरी माथि उठ्यो ? भनेर कसैले प्रश्न गर्दा इन्जिनियर हुसेनले ‘तलपानी परेर माथि उठेको’ जवाफ दिएपछि उक्त काममा लापरबाही भएको अनुमान लगाउन थालिएको छ । तर राष्ट्रिय गौरवको आयोजना लुम्बिनीमा यति लापरबाही ढंगले काम हुँदा पनि सम्बन्धित निकायको ध्यान पुग्न नसकिरहेको बताइन थालिएको छ । अहिले सो ट्यांकी निर्माणको प्राविधिक काम भने कन्स्ट्रक्सनका तर्फबाट सदस्य–सचिव तामाङलाई उपाध्यक्ष बनाउन दौडधुप गरिरहेका तिनै विष्टले हेरिरहेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply