बूढीगण्डकी सम्झौता खारेजमा तीव्र राजनीतीकरण
काठमाडौं । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा पूर्ववर्ती माओवादी केन्द्र नेतृत्वको सरकारको समयमा सम्झौता भएको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण ठेक्का रद्द गरेर राजनीतीकरण गरेका छन् । चुनावको मुखमा वाम गठबन्धनलाई बदनाम गराउने मुद्दा नपाइरहेका बेला बहुचर्चित बूढीगण्डकी आयोजना विदेशी कम्पनीलाई सुम्पिएको विषयलाई उछाल्न कांग्रेस नेतृत्वको सरकारका ऊर्जामन्त्री थापाले यस्तो निर्णय गरेका हुन् ।
पूर्ववर्ती माओवादी केन्द्र नेतृत्वको सरकारमा ऊर्जामन्त्री जनार्दन शर्मा हुँदा १२ सय मेगावाटको बहुआयामिक बूढीगण्डकी आयोजना चिनियाँ गेजुवा गु्रप कम्पनी (सीजीजीसी) लाई निर्माण गर्न दिने सम्झौता भएको थियो । तत्कालीन सरकारको पालामा सीजीजीसीलाई निर्माणको जिम्मा दिइए पनि सरकार कामचलाउ अवस्थामा रहेका बेला निर्णय भएको भन्दै विरोध भएको थियो । उक्त आयोजनाको सुरुमा नेपाल विद्युत् प्राधिकरणले जिम्मा पाए पनि डा. बाबुराम भट्टराई नेतृत्वको सरकारको बेलामा भने प्राधिकरणबाट खोसेर विकास समिति बनाई निर्माण गर्ने तय भएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले भने विकास समिति खारेज गरी सीजीजीसीलाई निर्माणको जिम्मेवारी दिएको थियो ।
हरेकपटक सरकार परिवर्तन भएसँगै कोपभाजनमा पर्दै आएको बूढीगण्डकी आयोजनाको अहिले निर्माण सम्झौता रद्द गर्नुमा भने तीव्र राजनीतीकरणले काम गरेको छ । कांग्रेस नेतृत्वको सरकारमै रहेका बेला माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल र एकताका लागि सहमति गरेपछि कांग्रेस र माओवादी केन्द्रबीच पानी बाराबारको अवस्था रहँदै आएको छ । प्राविधिक कारणले माओवादी केन्द्रका मन्त्रीहरूलाई सरकारबाट हटाउन नमिल्ने भएपछि विना विभागीयमा थन्क्याए पनि कांग्रेस नेतृत्वको सरकारले माओवादी सरकारमा भएका बेला गरिएका निर्णयहरू उल्टाउने कार्य गर्दै आएको छ । बूढीगण्डकीको सम्झौता रद्द गरिनुमा पनि त्यही कारण हावी भएको देखिएको छ ।
ऊर्जामन्त्री थापाले बूढीगण्डकी आयोजनाको सम्झौता रद्द गरिएको निर्णय गरे पनि उनी ऊर्जामन्त्री भइसकेपछि सार्वजनिक भएको तामाकोसी तेस्रोबारे भने मौन छन् । ६ सय ५० मेघावाट क्षमताको तामाकोसी तेस्रो पनि बूढीगण्डकीजस्तै एक विदेशी कम्पनीलाई विना प्रतिस्पर्धा दिइएको छ । थापाले ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि तामाकोसी तेस्रोको सर्वेक्षण अनुमति बिनाप्रतिस्पर्धा टीबीआई होल्डिङ कम्पनीलाई दिइएको थियो । त्यसअघि नर्वेको स्याटक्र्याफ्ट नरफन्ड कम्पनीले तामाकोसी तेस्रोको सर्वेक्षण अनुमति पाए पनि सो कम्पनी पछि हटेको हुँदा बिनाप्रतिस्पर्धा टीबीआईलाई दिइएको हो ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply