केन्द्रीय सदस्यद्वारा तल जान इन्कार
एमालेको आठौं महाधिवेशनबाट पारित विधानले पहिलो पटक केन्द्रीय कमिटीका सदस्यहरूले पनि महाधिवेशन प्रतिनिधि हुनका लागि कार्यकर्ताबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरेको छ । तर, यस पटक केन्द्रीय कमिटीको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले आफूलाई अप्ठेरो पर्ने भएकाले त्यो प्रावधान संशोधनका लागि महाधिवेशनमा प्रस्ताव लिएर भए पनि स्वत: प्रतिनिधि हुन पाउनुपर्ने माग गरेका छन् । एक पटक केन्द्रमा पुगेका नेताले कहिल्यै पनि फर्केर हेर्न नपर्ने र स्वत: प्रतिनिधि हुने कुरा राम्रो नभएको भन्दै अघिल्लो पटक एमालेले उक्त व्यवस्था गरेको हो । तर, अहिले त्यो निर्णय हचुवामा भएछ भन्दै केन्द्रीय सदस्यहरूले कार्यकर्ताबाट निर्वाचित भएर आउन आनाकानी गरिरहेका छन् । उनीहरूको प्राय: एउटै प्रकारको भनाइ छ– ‘कार्यक्षेत्र यतै भयो । अब यतिबेला कहाँ चुनाव लड्न तल जानु ? त्यसैले केन्द्रीय कमिटी र केन्द्रीय निकाय (अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग)का सदस्यहरूलाई स्वत: प्रतिनिधि हुन दिनुपर्छ ।’ यसो भएमा एमालेमा करिब दुई सय जना अनिर्वाचित व्यक्ति स्वत: प्रतिनिधि हुन पाउनेछन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply