सात भाइको मुखमा बुजो
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रवक्तामा विश्वप्रकाश शर्मालाई नियुक्त गरेर नेतृत्वमा युवाको सहभागिताको नारा उचालिरहेका सात भाइको मुखमा बुजो लगाइदिएका छन् ।
देउवा विरोधीको पहिचान बनाएका धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, गुरुराज घिमिरे, चन्द्र भण्डारीलगायतले नेतृत्वमा युवाको नारा दिएर अप्रत्यक्ष रूपमा गगन थापालाई पार्टीको प्रवक्ता नियुक्त गर्न दबाब दिएका थिए । तर, देउवाले शर्मालाई नियुक्त गरेर एक लट्ठीले दुइटा सिकार गरेको चर्चा कांग्रेस वृत्तमा चलेको छ । शर्माको नियुक्तिले युवाको मागलाई पनि सम्बोधन गरेको छ भने अर्कातिर उनी अरू युवाभन्दा देउवाप्रति कम आलोचक मानिन्छन् ।
त्यसो त यसअघि नै गगन आफंैले सामाजिक सञ्चालनमार्फत आफू पार्टीको प्रवक्ता भएको हौवा पिटाएको बताइन्छ । स्रोतका अनुसार सभापति देउवाले गगनलाई ‘तिमीलाई प्रवक्ता बनाऊँ त, काम गर्न सकिन्छ’ सम्म भनेर सोधेका थिए । तर, यत्तिको भरमा यो कुरालाई गगनका प्रेस संयोजक जीवन भण्डारी र चालक सविन मुडभरीले अतिरञ्जित तरिकाले बाहिर प्रचारमा ल्याएका कारण पनि उनको प्रवक्ता पद गुमेको बताइन्छ । ‘देउवाले उनीसँग धारणा मात्र मागेका थिए, तर त्यो कुरालाई उसरी बाहिर ल्याइयो कि मानौं उनको निर्णय नै भइसक्यो, जसका कारण प्रवक्ता पद नै गुम्यो,’ कांग्रेसनिकट स्रोतले भन्यो ।
शर्माको नियुक्त पछि अहिले कांग्रेसका युवाहरू मौन छन् । बरु, रामचन्द्र पौडेल समूहले संसदीय समिति र कार्य सम्पादन भंग गर्नुपर्ने माग राखेको छ । विगतमा यी समिति पौडेल समूहकै सहमतिमा बनेका थिए । अर्को रमाइलो कुरा त पौडेलले देउवाले नेतृत्व छाडे आफू पनि छाड्न तयार रहेका बताएका छन् । आफू निर्वाचन हार्ने अनि जितेका देउवाले छाड्नुपर्ने भन्ने उनको रोइलोलाई पनि कार्यकर्ताले धेरै नरुचाएको बताइन्छ । तर, निर्वाचनमा यस्तो पराजय भोग्दा पनि त्यसको समीक्षा गर्न बैठक नबोलाउने देउवाको हुकुमी शैलीको भने उनकै गुटमा पनि आलोचना हुने गरेको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply