लेखापालहरूको सरुवामा चलखेल
काठमाडौं । लेखा समूहका कर्मचारीहरूको सरुवाबढुवा र खटनपटन गर्ने निकाय महालेखा नियन्त्रक कार्यालयले केही लेखापालको सुटुक्क सरुवा गरेको छ ।
रिक्त स्थानमा भनिए पनि रातारात पैसाको चलखेलका आधारमा धेरै कमाइ हुने स्थानलाई आधार मानेर सरुवा गरिएको स्रोतको दाबी छ ।
यसरी सरुवा हुँदा उनीहरू मालदार स्थानबाट मालदारमै जान सफल भएका मात्र छैनन्, केहीले त तुलनात्मक रूपमा बढी कमाइ हुने अड्डामा दोहो¥याएर मौका पाएका छन् ।
कर्मचारी समायोजन विधेयेक पारित भएर समायोजनको अन्तिम चरणमा पुगेका बेला यसरी सरुवा हुने पाँच लेखापालहरूमा सुवास कोइराला, तिलकराज पन्त, मुक्ति भट्टराई, राजेश बस्नेत र उपेन्द्र चौलागाईं रहेका छन् ।
त्यसमध्ये कोइराला मध्यपहाडी लोकमार्गको पूर्व–पश्चिम खण्डमा समेत ६ वर्षसम्म लगातार काम गरेर कुस्त कमाइसकेका बदनाम पात्रका रूपमा परिचित छन् । गृह मन्त्रालयमा रहेका उनलाई अहिले डिभिजन सडक कार्यालय सुर्खेतमा सरुवा गरिएको छ । नेपाली कांग्रेसनिकट कर्मचारी ट्रेड युनियनका कोषाध्यक्षसमेत रहेका कोइराला अहिले मालदार स्थानमा जानचाहिँ एमालेनिकट कर्मचारी युनियनका कोइराला थरकै एक नेताको फेर समातेर पुगेका थिए । आफूसमेत लेखा अधिकृत रहेका ती नेताले राम्रै रकमको मोलतोल गरेर उनको सरुवा मिलाएको चर्चा छ । त्यस्तै, अर्का लेखापाल पन्त गृह मन्त्रालयबाट चैनपुर ताक्लाकोट बझाङ सडक आयोजनामा, भट्टराई भैरहवा लुम्बिनी सिँचाइ आयोजनाबाट डिभिजन सडक कार्यालय चितवनमा, बस्नेत मलेनिकाबाट डिभिजन सडक कार्यालय मकवानपुरमा र चौलागाईं जिल्ला वन कार्यालय बर्दियाबाट जल उत्पन्न डिभिजन कार्यालय जुम्लामा सरुवा मिलाउन सफल भएका थिए ।
लेखा समूहका कर्मचारीहरूको सरुवामा मापदण्ड तय गर्दै विभिन्न कार्यालयको क्लस्टर वर्गीकरण गरिएको छ । पहिलो क्लस्टरमा पर्नेको सरुवा फेरि पहिलो क्लस्टरमा नगर्ने नीति भए पनि पैसाका लागि हरेकपटक मापदण्ड मिच्ने गरिएको बताइन्छ । महालेखा नियन्त्रकको कार्यालयमा अहिले प्रशासन हेर्ने सहसचिव गोविन्द देवकोटा रहेका छन् भने उनीमातहतका उपसचिव हेमराज पौडेल रहेका छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply