एकता विरोधीका रूपमा किन मुछिए यी नेता ?
काठमाडौं । नेकपा (एमाले) ले पार्टी कार्यालय धुम्बाराहीमा सरकारका गलत निर्णय र कदमबारे पार्टीको धारणा सार्वजनिक गर्न माघ १० गते आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूले अध्यक्ष केपी ओलीसँगै बसेका महासचिव ईश्वर पोखरेलको नामै लिएर अध्यक्ष ओलीसामु प्रश्न तेस्र्याए । विभिन्न सञ्चार माध्यममार्फत लाइभ प्रसारणसमेत भएको सो कार्यक्रममा पत्रकारको प्रश्न थियो, ‘तपाईंकै पार्टीका महासचिवको नामसमेत माओवादी र तपाईंहरूको पार्टीबीच हुने भनिएको पार्टी एकताको विरोधीका रूपमा आइरहेको छ नि ?’ हरेक प्रश्नको चोटिलो जवाफ फर्काउने अध्यक्ष ओलीले यो प्रश्नको भने गोलमटोल जवाफ दिए । पार्टीका नेताका पनि विभिन्न अभिव्यक्ति आएको सुनिएको छ भन्दै अध्यक्षले गोलमटोल जवाफ दिएपछि पत्रकारहरूले अरू खोतलखातल गर्न चाहेनन् ।
पार्टी एकताका लागि एमाले र माओवादी केन्द्रबीच घनीभूत रूपमा छलफल चलिरहेकै बेला एमाले महासचिव पोखरेलले एक दैनिक पत्रिकामा एकतापछि पनि प्रधानमन्त्री, अध्यक्ष र दलको नेता एउटै व्यक्ति हुनुपर्ने र त्यो मान्यता आफ्नो पार्टीमा स्थापित नै भएको अभिव्यक्ति दिएपछि त्यसले राजनीतिमा ठूलो तरंग उत्पन्न गरेको थियो । त्यसपछि माओवादी वृत्तमा महासचिव पोखरेलको छवि एकताविरोधी नेताका रूपमा बन्योे । जबकि, एमालेबाटै माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा न त उनी अध्यक्ष, संसदीय दलको नेता थिए, न त झलनाथ खनाल अध्यक्ष हुँदा उनलाई दलको नेता हुन नै दिइएको थियो । अध्यक्ष र दलको नेता एउटै हुनुहुँदैन भनेरै ०७० को संविधानसभा निर्वाचनपछि तत्कालीन अध्यक्ष खनालविरुद्ध ओलीले संसदीय दलको नेतामा उम्मेदवारी दिए र जिते पनि ।
माओवादीभित्र पनि नेताद्वय कृष्णबहादुर महरा र वर्षमान पुनको नाम त्यसरी नै एकता विरोधीका रूपमा मुछिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि टिकटको बाँडफाँटमा छलफल चलिरहेका बेला महराले दाङ क्षेत्र नम्बर २ बाट आफूले टिकट नपाए चुनावै नलड्ने घरमै बसिरहने अभिव्यक्ति नै दिए । उनको त्यो अभिव्यक्ति वाम तालमेल र एकतामा भाँजो हाल्ने आशयसाथ प्रकट भएको बुझाइ माओवादी वृत्तमै छ । पछिल्लो समय पनि महराले माओवादी पार्टीभित्र कुनै कमिटी पद्धति नै नरहेको भन्दै अध्यक्ष दाहालविरुद्ध सार्वजानिक अभिव्यक्ति नै दिएका छन् । त्यो पनि एकतालाई असर पुग्ने गरिआएको बुझाइ कार्यकर्ता तहमा छ । नेता पुनले त आफूनिकट सञ्चारमाध्यममा एकता प्रक्रियामा आँच आउने समाचार आफंैले छपाउने र त्यस्ता समाचार आफंैले सेयर गर्नेसमेत गर्ने गरेको बताइन्छ । केही समयअघि उनले एउटा अनलाइनमा छापिएको ‘एमालेलाई राष्ट्रपति, अध्यक्ष र प्रधानमन्त्री नदिए एकता सम्भव छैन,’ समाचार सेयर गरेका थिए । त्यो समाचार उनी निकट अनलाइनमै प्रकाशित हुनु र उनैले सेयर गर्नुले पनि उनी एकताविरोधी रहेको प्रस्ट पार्ने माओवादीकै नेता–कार्यकर्ताको बुझाइ छ । एकताप्रति इमानदार नभएको सुइँको पाएरै अध्यक्ष दाहालले पनि एकतासँग सम्बन्धित कुनै पनि वार्तामा यी दुई नेतालाई निषेध गरेको चर्चा पेरिसडाँडातिर खुबै चल्ने गरेको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply