पार्टी सरकारमा, कार्यालयमा सन्नाटा
काठमाडौं । २०७२ को महाभूकम्प अघिसम्म पनि जतिबेला नेकपा (एमाले) को मुख्यालय मदननगर बल्खुमा थियो, पार्टी सरकारमा जानसाथ पार्टी कार्यालयको प्रांगणमा नेता कार्यकर्ताको भीड लाग्थ्यो । नियुक्ति माग्नेदखि लिएर, सरकारको आलोचना गर्ने, काम गरिदिएन भन्दै आक्रोश पोख्ने कार्यकर्ता कार्यालयका प्रत्येक कोठामा भरिभराउ हुन्थे । मन्त्रीहरू मात्र होइन, प्रधानमन्त्रीसमेत झन्डा हल्लाउँदै नियमितजस्तो पार्टी कार्यलय पुग्थे । तर, ती दृश्य अहिले एमालेकै नेता कार्यकर्ताका लागि धमिलो सम्झना मात्र बन्न पुगेका छन् ।
अहिले वाम गठबन्धनको यत्रो हल्लीखल्ली छ, एमाले अध्यक्षकै नेतृत्वमा सरकार बनेको छ तर पार्टी कार्यलय धुम्वाराहीमा भने अनौठो सन्नाटा छ । न त्यहाँ नेताहरू आउँछन्, न कार्यकर्ता । स्थायी समितिका एक सदस्य भन्छन्, ‘म पनि छक्क परेको छु । बल्खुमा हुँदा सरकार बनेपछि त्यहाँ नेताहरूलाई चिया खाने पनि फुर्सद हुँदैनथ्यो । प्रत्येक कोठामा नेता कार्यकर्ताको भीड लाग्थ्यो । सुझाव सल्लाह दिन्थे । जागिरको माग पनि गर्थे । अक्रोश पनि पोख्थे, बायोडाटा लिइदिनुप¥यो भन्थे । अहिले त के भयो भयो ? अफिस जानै पनि अप्ठ्यारो लाग्छ ।’
कार्यालय सञ्चालनका लागि आवश्यक संरचना पहिलेजस्तो अहिले पनि छ । केन्द्रीय कार्यलय छ, सचिवालय छ, तर तिनको काम पनि व्यवस्थित नभएको बताइन्छ । कतिसम्म भने आउने पाहुनाको स्वागतसम्म गर्ने कहिलेकाहीँ कोही हुँदैनन् । केही दिनअघि भारतीय कम्युनिस्ट पार्टीका दुई जना नेता एउटा निम्तो दिन धुम्बाराही पुगेका थिए । त्यहाँको अस्तव्यस्ताता देखेर उनीहरू नै छक्क परे । निम्तो बुझाउन गएका उनीहरू काउन्टरअगाडि अक्क न बक्क भएर बसिरहेका थिए । देशभरिका पार्टी कार्यकर्ताको आस्थाको केन्द्र कार्यालयमा देखिएको यो सन्नाटाको एउटै कारण नेताका घर कार्यालयजस्तो र कार्यालय घरजस्तो भएकाले नै यस्तो अवस्था आएको अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा बताउँछन् । आफूले धेरै बैठकमा नेताहरूलाई घरलाई कार्यालयजस्तो बनाएर पारिवारिक अवस्था घच्चमच्च नबनाउनुस्, यत्रो पार्टीले पाहुनालाई एक कप चिया खुवाउने हैसियत त राख्छ भनेर भनेको तर नेताहरूले यो कुरालाई वास्ता नै नगरेको बताए ।
त्यति मात्र होइन, पार्टीका जनवर्गीय संगठन पनि अहिले छन् कि छैनन् जस्तो अवस्थामा छन् । दिनहुँ महिलामाथि बलात्कारका दर्दनाक घटना भइरहेका छन् । तर, यस्तो बेला अखिल नेपाल महिला संघले एउटा विज्ञप्तिसम्म निकालेको छैन ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply