नापीका डीजीको असुली धन्दा
काठमाडौं । नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले आफ्नो क्षेत्रकाहरूलाई मात्र आकर्षक कार्यालयमा सरुवा गरेका छन् । पटकपटक चावहिल नापी कार्यालयको प्रमुख भएका सुदर्शन धामीलाई सीमा नापी कार्यालयमा सरुवा गरेका छन् । धनुषा नापी कार्यालयका प्रमुख सुरेश जोशीलाई ललितपुरको प्रमुखमा सरुवा गरेर ल्याएका छन् । ज्ञानेन्द्र विष्टलाई कैलालीबाट भक्तपुर नापी कार्यालयको प्रमुखमा ल्याएका छन् । दयानन्द जोशीलाई बर्दियाबाट कैलाली नापी कार्यालयको प्रमुखमा खटाइएका छन् । भट्टले यसअघि नै प्रकाश जोशीलाई भूउपयोग आयोजनाको प्रमुखमा राखिरहेका छन् । यी सबै भट्टको क्षेत्र सुदूरपश्चिमका हुन् । उनले आफू महानिर्देशक भएपछि क्षेत्रवासीलाई घुस खाएर आफूलाई समेत दिने गरी ती आकर्षक कार्यालयमा ल्याएका छन् ।
त्यसैगरी, कलंकी नापी कार्यालयमा अति बदनाम प्रमुख नापी अधिकृत दीपक सापकोटालाई कार्यालय प्रमुखमा राखेका छन् । उनले भूमिसुधार मन्त्रालयको परिपत्र र सर्वोच्च अदालतको फैसलाविपरीत प्रतिआना ५० हजार घुस लिएर कृषियोग्य जग्गा कित्ताकाट गर्दै आएका छन् । सरकारी र विवादित जग्गासमेत दर्ता गर्दै आएका सापकोटा महानिर्देशक भट्टका विश्वासपात्र हुन् । सापकोटाले महानिर्देशक भट्टलाई घुस मात्र होइन, युवतीसमेत मिलाउने गरेको आरोप छ ।
मनमैजु नापी कार्यालयका प्रमुख धु्रव थापा र सर्भेक्षक हरि तिवारीले सरकारी जग्गा दर्ता गर्दै करोडौं रुपैयाँ घुस संकलन गरेका छन् । हरि तिवारी यसअघि घुस लिँदालिँदै पक्राउ परे पनि विशेष अदालतमा सेटिङ गरी मुद्दा जितेर पुनः महानिर्देशक गणेश भट्टलाई प्रभावमा पारी पुनः मनमैजुमै सरुवा भएका छन् । भट्टले ५ लाख रुपैयाँ घुस लिएर तिवारीलाई घुसकाण्डमा परिसके पनि पुनः मनमैजुमै पठाएको नापी विभागका अधिकारी बताउँछन् । प्रमुख धु्रव थापा र सर्भेक्षक हरि तिवारीले पछिल्लो समयमा कृषियोग्य जग्गा प्रतिआना ५० हजार लिएर कित्ताकाट गरेका छन् । उनीहरूले सर्वोच्च अदालतको आदेश आइसकेपछि पनि थुपै्र कृषियोग्य जग्गा कित्ताकाट गरिसकेका छन् । टोखा नापी कार्यालयका प्रमुख बेचन यादवले पनि ५० हजार प्रतिआना घुस लिँदै कृषियोग्य जग्गा कित्ताकाट गरिसकेका छन् । मनमैजुका धु्रव थापाले सरकारी जग्गा दर्ता गरेको उजुरी अख्तियार रुपैयाँ अनुसन्धान आयोगमा पनि परेको छ । महानिर्देशक भट्टले डिल्लीबजारका मग्नु दत्त, कलंकीका दीपक सापकोटा, चावहिलका मणि रेग्मी, साँखुका भागवत यादव, टोखाका बेचन यादव, मनमैजुका धु्रव थापा, ललितपुरका सुरेश जोशीलगायतसँग मासिक ५ लाखका दरले मन्त्री र सचिवको नाममा घुस लिने गरेका छन् ।
यसैबीच, नापी विभागका महानिर्देशक भट्टले करारमा राखिएका युवतीहरूलाई रारातालदेखि विभिन्न ठाउँमा घुमाउन लगेको कुराले पनि नापी विभागभित्र हल्लीखल्ली मच्चिएको छ । उनले कतिपय युवतीलाई फ्ल्याट नै लिएर राखेको गाइँगुइँ उनका परिवारसम्मै पुगेको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply