पदाधिकारीका लागि खाँडको बार्गेनिङ
काठमाडौं । सभापति शेरबहादुर देउवाका प्रत्येक एजेन्डामा काँध थाप्दै आएका नेता बालकृष्ण खाँडले आफूलाई प्रमुख सचेतक बनाएर सभापति देउवाले नै मानमर्दन गरिएको टिप्पणी गर्ने गरेका छन् । संविधान जारी भएर संविधानसभा व्यवस्थापिका संसद्मा रूपान्तरण भएका बेला रमेश लेखकले समेत अस्वीकार गरेको पद आफूलाई दिएको भन्दै खाँडले असन्तुष्टि जनाएको बुझिएको छ । त्यसो त उनले उक्त पद अस्वीकार गरेको घोषणा गरिसकेका छन् ।
२०७० को संविधानसभा निर्वाचनपछि कांग्रेसले गोरखाका चीनकाजी श्रेष्ठलाई प्रमुख सचेतक बनाएको थियो । तर, १४औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएपछि उनले श्रेष्ठलाई हटाएर लेखकलाई प्रमुख सचेतक बनाउने तयारी गरेका थिए, तर लेखकले सो पद अस्वीकार गरेका थिए । अहिले खाँडले आफूनिकटस्थहरूसँग लेखकले समेत अस्वीकार गरेको पद दिएर आफ्नो मनामर्दन गरिएको बताउने गरेका छन् । लेखककै हैसियतमा मलाई राख्न खोज्ने भन्दै उनी आफूनिकटस्थसँग देउवाविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुने गरेको स्रोतले बतायो ।
खाँडले पदाधिकारीमा आँखा लगाइरहेका छन् । पाए महामन्त्री, नपाए सहमहामन्त्री खाने दाउमा उनी छन् । त्यही भएर बार्गेनिङका लागि प्रमुख सचेतक पद अस्वीकार गरेको बताइन्छ । स्रोतले भन्यो, ‘उनले बार्गेनिङ गरेका हुन्, सहमहामन्त्री बनाउने हो भने प्रमुख सचेतक पनि खाने दाउमा छन् ।’
निधि आउट
देउवाकै नेतृत्वको सरकारका बेला आईजी नियुक्ति प्रकरणबाट बिग्रिएको देउवा र विमलेन्द्र निधिबीचको सम्बन्ध झन् चिसो भएको बताइन्छ । गत निर्वाचनका बेला टिकट वितरणलाई लिएर समेत दुई नेताबीच तँतँ र मम भएको बताइन्छ । त्यही भएर मुखैमा आएको उपसभापति पद निधिले गुमाउने लगभग निश्चित भएको छ । विधानतः मनोनीत केन्द्रीय सदस्यलाई पदाधिकारी नियुक्त गर्न मिल्दैन । त्यही भएर अब महासमिति बोलाएर विधान परिवर्तन गरेर विजय गच्छदारलाई उपसभापति मनोनयन गर्ने तयारी देउवाले अघि बढाएका छन् । उनी चुनावअघि मात्र कांग्रेसमा फर्किएका थिए ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply