नयाँ आईजी चैत २८ मा
काठमाडौं । सरकाले चैत २८ गते मात्र नेपाल प्रहरीको नयाँ आईजी नियुक्त गर्ने बुझिएको छ । अहिलेका आईजी प्रकाश अर्यालको अवधि चैत २९ मा सकिँदै छ । कार्यकाल सकिने अघिल्लो दिन मात्रै कार्य सम्पादन मूल्यांकनलाई आधार बनाएर नयाँ आईजी नियुक्ति गर्ने मनस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओली रहेको बुझिएको छ ।
अघिल्लोपटक आईजी नियुक्ति प्रकरण निकै विवादित बनेको थियो । प्रक्रियाबाट हुने कर्मचारीको बढुवा प्रहरी फोर्समा भने धेरै हल्लीखल्ली हुने भएकाले यस गृहमन्त्री रामबहादुर थापालाई पनि यो विषयमा धेरै छलफल र भेटघाट नगर्न भनेका छन् । प्रधानमन्त्री ओली आफंैले पनि सत्ता साझेदार दलका अध्यक्ष प्रचण्डसँग पनि अहिलेसम्म यो विषयमा कुनै अनौपचारिक कुराकानीसमेत नगरेको बुझिएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीको चाहना यसलाई धेरै महŒव नदिऔं भन्ने छ । दुई हप्ता प्रहरी महानिरीक्षक प्रकाश अर्यालले यो विषयमा सामान्य कुरा गर्न खोजे धेरै चासो नदेखाई कार्यसम्पादनका आधारमा अहिलेका आईजीको कार्यकाल सकिने अघिल्लो दिन नयाँ आईजी नियुक्त गर्ने मुडमा प्रधानमन्त्री रहेको स्रोतले बतायो । त्यसो त प्रधानमन्त्री ओलीले गृहमन्त्री पनि गृहमन्त्रीले तत्काल केही हँुदै चुप लागेर जानुस् भनेपछि सोमबारसम्म आईजीपी प्रकाश अर्याल मन्त्रालय गएका थिएनन् । नेपाल प्रहरीमा सर्वेन्द्र खनाल, रमेश खरेल र पुस्कर कार्की प्रहरी नेतृत्व सम्हाल्न सक्षम प्रहरी अधिकृत हुन् । उनीहरू तीन जनामध्ये जो भए पनि प्रहरीले राम्रो नेतृत्व पाउने अपेक्षा गरिएको छ ।
आउँदो २९ चैतपछि नेपाल प्रहरीमा प्रहरी महानिरीक्षकसहित १५ एआईजीहरू ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउँदै छन् । वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालसहित सबै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र केही प्रहरी महानिरीक्षक (डीआईजी) हरूले अवकाश पाउन लागेका हुन् । अवकाशकै मुखमा दुई एआईजी माधव नेपाल र रणबहादुर चन्द भने यतिबेला बिदामा बसेका छन् भने अन्य एआईजीहरू खटाइएकै स्थानमा कार्यरत रहेका छन् ।
२९ चैतदेखि नयाँ आईजीपीले प्रहरी संगठनको नेतृत्व गर्नेछन् । त्यसअघि नै प्रहरी महानिरीक्षक अर्याल बिदामा बसेर नयाँ हुने आईजीपीलाई काम गर्न सहज बनाउनुपर्ने भए पनि अर्याल स्वयं बहाल रहेका छन् । परम्पराअनुसार २९ फागुनदेखि नै अर्याल बिदामा बस्नुपर्ने थियो । प्रहरी नियमावलीअनुसार २९ चैत २०४४ बाट प्रहरी सेवामा प्रवेश गरेका सबै अधिकृत ३० वर्षे सेवा अवधिका कारण अवकाश हुनेछन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply