घैंटेका ‘चेला’ छानबिनमा
काठमाडौं । पछिल्लो समय ३३ किलो सुन प्रकरणको छानबिनले नयाँ मोड लिने क्रममा छानबिन समितिमै रहेकाहरूको छानबिन हुनुपर्ने प्रश्न उठेको छ । सनम हत्या प्रकरण छानबिन हुँदै गर्दा छानबिन समितिमै रहेका एक डीएसपीको भूमिकामाथि छानबिन गर्नुपर्ने आवाज उठेका छ ।
सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले अपराध महाशाखाका तत्कालीन एसएसपी, मकवानपुरका एसपीलगायतलाई बयान लिइरहँदा छानबिन समितिमा रहेका डीएसपी सुदीप पाठकमाथि नै छानबिन हुनुपर्ने आवाज उठेको छ ।
प्रहरीको तत्कालीन अपराध महाशाखाका प्रमुखका रूपमा अहिलेका आईजीपी सर्वेन्द्र खनाल भएको बेला उनकै मातहतमा महाशाखामा कार्यरत डीएसपी पाठकको प्रहरीद्वारा इन्काउन्टर गरिएका कुमार घंैटेसँग राम्रो कनेक्सन रहेको स्रोतहरूले दाबी गरेका छन् । अनौपचारिक कुराकानीमा घंैटेलाई ‘गुरु’ भनेर सम्बोधन समेत गर्ने उनले घैंटेसँगको मिलेमतोमा त्यतिबेलै राम्रो आर्जन गरेको स्रोतको दाबी छ ।
त्यतिबेला महाशाखा प्रमुखले सिधै तत्परता लिएर घैंटेको इन्काउन्टर गरेपछि आफू महाशाखाको अप्रेसनमा भएकोमा आफूलाई समेत थाहा नदिइ इन्काउन्टर गरेको भन्दै पाठकले बबाल मच्चाएका थिए । त्यसो त इन्काउन्टर हुँदै गरेको सूचना तत्कालीन प्रमुख खनालले चुहाएका भए पाठकले नै घैंटेलाई पूर्वसूचना दिएर भगाउन सक्ने खतरा देखेरै सूचना नदिएको बताइन्छ ।
त्यसो त इन्कान्टरपछि घैंटे समर्थकहरूको बानेश्वरमा गोप्य भेला आयोजना गरेकोमा सो भेलामा पनि पाठक उपस्थित भएका थिए । पाठकसमेत प्रहरीले गरेको कारबाहीविरुद्ध भएको मोर्चाबन्दीमा सहभागी भएको सीसीटिभी फुटेज प्रधान कार्यालय पुगेपछि उनी शंकाको घेरामा रहेको बताइन्छ ।
कर्तुत प्रमाणित भएपछि आफूलाई सिध्याउने डरले पाठक शक्ति लगाएर तत्कालीन प्रधानमन्त्री केपी ओलीको बडीगार्ड बस्न सफल भए । शक्तिमा रहेपछि कसैले छुन नसक्ने भन्दै उनले आफूविरुद्ध लाग्नेहरूलाई छानीछानी बदला लिने प्रयास त्यतिबेला गरेका थिए । तर, उनी सफल हुन सकेका थिएनन् । बडीगार्डमा रहँदा पनि शंकास्पद भूमिकामा रहेपछि उनलाई हटाइएको थियो । तिनै व्यक्तिले अहिले पुरानै विषय उप्काएर आईजी खनाललाई असहयोग गर्ने गरी भूमिका खेलेको भन्दै आईजी सचिवालयको नोटिसमा परेको बताइएको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply