घैंटेका ‘चेला’ छानबिनमा
काठमाडौं । पछिल्लो समय ३३ किलो सुन प्रकरणको छानबिनले नयाँ मोड लिने क्रममा छानबिन समितिमै रहेकाहरूको छानबिन हुनुपर्ने प्रश्न उठेको छ । सनम हत्या प्रकरण छानबिन हुँदै गर्दा छानबिन समितिमै रहेका एक डीएसपीको भूमिकामाथि छानबिन गर्नुपर्ने आवाज उठेका छ ।
सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले अपराध महाशाखाका तत्कालीन एसएसपी, मकवानपुरका एसपीलगायतलाई बयान लिइरहँदा छानबिन समितिमा रहेका डीएसपी सुदीप पाठकमाथि नै छानबिन हुनुपर्ने आवाज उठेको छ ।
प्रहरीको तत्कालीन अपराध महाशाखाका प्रमुखका रूपमा अहिलेका आईजीपी सर्वेन्द्र खनाल भएको बेला उनकै मातहतमा महाशाखामा कार्यरत डीएसपी पाठकको प्रहरीद्वारा इन्काउन्टर गरिएका कुमार घंैटेसँग राम्रो कनेक्सन रहेको स्रोतहरूले दाबी गरेका छन् । अनौपचारिक कुराकानीमा घंैटेलाई ‘गुरु’ भनेर सम्बोधन समेत गर्ने उनले घैंटेसँगको मिलेमतोमा त्यतिबेलै राम्रो आर्जन गरेको स्रोतको दाबी छ ।
त्यतिबेला महाशाखा प्रमुखले सिधै तत्परता लिएर घैंटेको इन्काउन्टर गरेपछि आफू महाशाखाको अप्रेसनमा भएकोमा आफूलाई समेत थाहा नदिइ इन्काउन्टर गरेको भन्दै पाठकले बबाल मच्चाएका थिए । त्यसो त इन्काउन्टर हुँदै गरेको सूचना तत्कालीन प्रमुख खनालले चुहाएका भए पाठकले नै घैंटेलाई पूर्वसूचना दिएर भगाउन सक्ने खतरा देखेरै सूचना नदिएको बताइन्छ ।
त्यसो त इन्कान्टरपछि घैंटे समर्थकहरूको बानेश्वरमा गोप्य भेला आयोजना गरेकोमा सो भेलामा पनि पाठक उपस्थित भएका थिए । पाठकसमेत प्रहरीले गरेको कारबाहीविरुद्ध भएको मोर्चाबन्दीमा सहभागी भएको सीसीटिभी फुटेज प्रधान कार्यालय पुगेपछि उनी शंकाको घेरामा रहेको बताइन्छ ।
कर्तुत प्रमाणित भएपछि आफूलाई सिध्याउने डरले पाठक शक्ति लगाएर तत्कालीन प्रधानमन्त्री केपी ओलीको बडीगार्ड बस्न सफल भए । शक्तिमा रहेपछि कसैले छुन नसक्ने भन्दै उनले आफूविरुद्ध लाग्नेहरूलाई छानीछानी बदला लिने प्रयास त्यतिबेला गरेका थिए । तर, उनी सफल हुन सकेका थिएनन् । बडीगार्डमा रहँदा पनि शंकास्पद भूमिकामा रहेपछि उनलाई हटाइएको थियो । तिनै व्यक्तिले अहिले पुरानै विषय उप्काएर आईजी खनाललाई असहयोग गर्ने गरी भूमिका खेलेको भन्दै आईजी सचिवालयको नोटिसमा परेको बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply