एआईजी बढुवा अझै लम्बिने
काठमाडौं । नेपाल प्रहरीको रिक्त एआईजी पदको बढुवा अझै अम्तिमा १५ दिन लम्बिने भएको छ । सरकारले एआईजीको दरबन्दीमा भारी कटौती गरी तीनमा झारेको हप्तौं हुँदा पनि एआईजी बढुवा हुन सकेको छैन । अहिले एआईजी बढुवाको शीर्ष स्थानमा रहेका डीआईजीलाई बढुवा गर्दा व्ययभार बढ्ने कारण देखाउँदै बढुवा प्रक्रियामा अलमल गरिएको बताइन्छ ।
असारभित्रै एआईजी बढुवा गर्दा वरिष्ठताका आधारमा हालका डीआईजी उत्तम कार्की, पवन खरेल, सुनिल भण्डारी, शरद चन्द, छविलाल जोशीमध्येबाट गर्नुपर्छ । जबकि, उनीहरूले असार ३० गते अवकाश पाउँदै छन् । अझ कार्कीले त असारभित्रै बढुवा भए पनि उमेर हदका कारण ३० गते नै अवकाश पाउँछन्, घर जान्छन् । वरिष्ठता क्रममा १ नम्बरमा रहेका उनलाई बढुवा नगर्न पनि नमिल्ने, गर्दा पनि ३० गते नै घर जाने भएपछि व्ययभार मात्र बढ्ने हुनाले आईजी सर्वेन्द्र खनाल साउन लागेपछि मात्र बढुवा गर्ने तयारीमा रहेको बुझिएको छ ।
यी पाँच डीआईजी अवकाश भएपछि आईजी बढुवाको पहिलो नम्बरमा पुष्कर कार्की रहन्छन् । उनीसँगै ठुले राई, मनोज न्यौपाने, धिरु बस्नेत, सुरेशविक्रम शाह पनि एआईजीका उम्मेदवार हुन् । तर, कार्कीबाहेक अरू अहिले एआईजी नहुने मुडमा रहेको बताइन्छ । खासगरि राई र बस्नेत अहिले एआईजी नहुने लाइनमा रहेको बताइन्छ । प्रस्तावित संघीय प्रहरी ऐन पारित भए ३० वर्षे सेवा अवधि हट्ने र आईजीको कार्यकाल तीन वर्ष एआईजीको दुई वर्ष तथा डीआईजीको चार वर्ष हुन्छ । यसो हुँदा हालका आईजी खनालको कार्यकाल अरू १४ महिना बढ्छ भने अहिले आईजी हुनेहरू पनि दुई वर्षमै घर जान्छन् । त्यसपछि बल्ल एआईजी बढुवा भएर आईजी हुने योजनामा डीआईजीद्वय राई र बस्नेत रहेको स्रोतको दाबी छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply