एआईजी बढुवा अझै लम्बिने
काठमाडौं । नेपाल प्रहरीको रिक्त एआईजी पदको बढुवा अझै अम्तिमा १५ दिन लम्बिने भएको छ । सरकारले एआईजीको दरबन्दीमा भारी कटौती गरी तीनमा झारेको हप्तौं हुँदा पनि एआईजी बढुवा हुन सकेको छैन । अहिले एआईजी बढुवाको शीर्ष स्थानमा रहेका डीआईजीलाई बढुवा गर्दा व्ययभार बढ्ने कारण देखाउँदै बढुवा प्रक्रियामा अलमल गरिएको बताइन्छ ।
असारभित्रै एआईजी बढुवा गर्दा वरिष्ठताका आधारमा हालका डीआईजी उत्तम कार्की, पवन खरेल, सुनिल भण्डारी, शरद चन्द, छविलाल जोशीमध्येबाट गर्नुपर्छ । जबकि, उनीहरूले असार ३० गते अवकाश पाउँदै छन् । अझ कार्कीले त असारभित्रै बढुवा भए पनि उमेर हदका कारण ३० गते नै अवकाश पाउँछन्, घर जान्छन् । वरिष्ठता क्रममा १ नम्बरमा रहेका उनलाई बढुवा नगर्न पनि नमिल्ने, गर्दा पनि ३० गते नै घर जाने भएपछि व्ययभार मात्र बढ्ने हुनाले आईजी सर्वेन्द्र खनाल साउन लागेपछि मात्र बढुवा गर्ने तयारीमा रहेको बुझिएको छ ।
यी पाँच डीआईजी अवकाश भएपछि आईजी बढुवाको पहिलो नम्बरमा पुष्कर कार्की रहन्छन् । उनीसँगै ठुले राई, मनोज न्यौपाने, धिरु बस्नेत, सुरेशविक्रम शाह पनि एआईजीका उम्मेदवार हुन् । तर, कार्कीबाहेक अरू अहिले एआईजी नहुने मुडमा रहेको बताइन्छ । खासगरि राई र बस्नेत अहिले एआईजी नहुने लाइनमा रहेको बताइन्छ । प्रस्तावित संघीय प्रहरी ऐन पारित भए ३० वर्षे सेवा अवधि हट्ने र आईजीको कार्यकाल तीन वर्ष एआईजीको दुई वर्ष तथा डीआईजीको चार वर्ष हुन्छ । यसो हुँदा हालका आईजी खनालको कार्यकाल अरू १४ महिना बढ्छ भने अहिले आईजी हुनेहरू पनि दुई वर्षमै घर जान्छन् । त्यसपछि बल्ल एआईजी बढुवा भएर आईजी हुने योजनामा डीआईजीद्वय राई र बस्नेत रहेको स्रोतको दाबी छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply