क्योकोसिनको नाममा अनियमितता
काठमाडौं । विश्वका अधिकांश देशहरूमा चर्चित तथा यही खेलका कारण नेपालको इज्जत प्रतिष्ठा बचाएको कराँते प्रतियोगिताले नेपालमा भने बदनाम गराएको छ । इन्टरनेसनल कराँते अर्गनाइजेसन आईकेओअन्तर्गतको क्योकोसिन कराँते प्रतियोगिता गरेर इज्जत बढाउनुपर्नेमा त्यस प्रतियोगितामा संलग्न एक व्यक्तिका कारण बदनाम भएको हो ।
क्योकोसिन कराँतेका ब्रान्च चिफ कान्छालाल तामाङ र अध्यक्ष राजु थापाको विवादका कारण नेपालको अन्तराष्ट्रिय स्तरमा समेत बदनाम भएको भन्दै खेलप्रेमीहरूले गुनासो गरेका छन् । करिब दुई महिनाअघि उनीहरूले संयुक्त पहल गरेर राष्ट्रिय कराँते प्रतियोगिता आयोजना गरेका थिए । राष्ट्रिय खेलकुद परिषद्को सातदोबाटोस्थित मैदानमा २२ टिमले सहभागिता जनाएको उक्त प्रतियोगितामा फिलिपिन्सका रेफ्री स्टेभेन फो र पिटर चोङलगायत सहभागी थिए ।
प्रतियोगिताका लागि भनेर ब्रान्च चिफ वाइबा, अध्यक्ष थापा र प्रशिक्षक राजेन्द्र सुवेदीलगायतका व्यक्तिहरूले धेरै रकम उठाएको र अझै हिसाब फछ्र्योट गरी तिर्नुपर्ने स्थानहरूमा रकम नतिरेको भन्दै गुनासो बढेको हो । करिब १३ लाख रकम सो प्रतियोगिताका लागि भन्दै ब्रान्च चिफ वाइबाले उठाएको तर खर्चजति अध्यक्ष थापा र प्रशिक्षक सुवेदीलाई तिर्न लगाएको बुझिएको छ । त्यसमध्ये आफूले जिम्मा र जमानी बसेर गराएको कामको थुप्रै रकम अध्यक्ष थापा र प्रशिक्षक सुवेदीले तिर्न नसकेर भागीभागी हिँड्नुपरेको गुनासो छ । तैपनि ब्रान्च चिफ वाइबा भने व्यवस्थापनको जिम्मा आफ्नो होइन भन्दै पन्छिने गरेका छन् । एकै ठाउँमा बसेर छलफल गर्न भन्दै पटकपटक बैठक बोलाइए पनि कहिले एक पक्ष नआउने त कहिले अर्को पक्ष नआउने गर्दा समस्या भएको बताइन्छ । तीन महिनासम्म यो विषय नसल्टिँदा राष्ट्रिय खेलकुद परिषद्ले हस्तक्षेप गरेर भए पनि विवाद मिलाउनुपर्ने भन्दै खेलप्रेमीले चिन्ता व्यक्ति गरेका छन् । यस्तो विवादले नेपालको अन्तर्राष्ट्रिय छवि धुमिल भएको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply