आईजीको नाम भजाएर डीएसपीको फुर्ती
काठमाडौं । जनताको जीउधनको सुरक्षा गर्नु प्रहरी प्रशासनको पहिलो कर्तव्य हो । तर, प्रहरीले नै साधारण जनताको ज्यानमाथि नै धावा बोल्छन् भन्ने त्यसलाई के भन्ने ? रामेछापको इज्चार्ज भएर गएको ६ महिना नबित्दै डीएसपी अमरेन्द्रबहादुर सिंह ठकुरीका कारण स्थानीय जनता त्रसित बन्न पुगेका छन् ।
रामेछाप र सोलुखुम्बुको सिमाना भएर बग्ने लिखु खोलामा सभासद् तथा व्यापारी मोती दुगडको लगानीका लिखु जलविद्युत् आयोजनासहित तीनवटा जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । ती आयोजनामा स्थानीयको अवरोध आउन नदिन भन्दै उनले डीएसपी ठकुरीलाई खरिद गरेको बुझिएको छ । दुगडले त्यहाँ स्थानीयका कुनै किसिमका जायज÷नाजायज माग नआउन भन्दै डीएससी ठकुरीलाई २० लाख नगद र ५ लाखबराबरको त्यहीको हाइड्रो पावरको सेयर दिएको बुझिएको छ । त्यति मात्र होइन, यो कामका लागि रामेछामको उमाकुण्ड गाउपालिकाअन्र्तगतको इलाका प्रहरी कार्यालयका इन्सपेक्टर राजकुमार तामाङलई पनि खरिद गरिएको स्रोतको दाबी छ । इन्सपेक्टरको कार्यक्षेत्र रामेछापको उमाकुण्ड भए पनि उनी खोलापारि सोलुको लिखुपिके गाउँपालिकामा अड्डा जमाएर बस्ने गरेका छन् । स्थानीयको मुखमा बुजो लगाउन इन्सपेक्टर तामाङलाई १० लाख नगद र ३ लाख बराबरको सेयर दिइएको स्रोतको दाबी छ । आफू आइजी सर्वेन्द्र खनालको खास मान्छे हुँ भन्दै अहिले डीएसपी ठकुरी र इन्सपेक्टर तामाङले जिल्लामा आतंक मच्चाएका छन् । दुगडको हाइड्रको प्रभावित क्षेत्रका जनतालाई यहाँ कोही कुनै माग राखेर अवरोध गर्न आयो भने बन्दुकले उडाइदिन्छु भन्दै डीएसपी ठकुरीले थर्काउने गरेको स्थानीयले बताएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply