को हुन् भीआईपी पुत्रका ‘कटप्पा’ ?
काठमाडौं । हिन्दी सिनेमा बाहुबलीमा एक जना पात्र छन्, कटप्पा । उनी दरबारका यति विश्वासपात्र हुन्छन् कि राजा, राजकुमारका लागि जस्तोसुकै जोखिम उठाउन पनि पछि हट्दैनन् । सशस्त्र प्रहरीभित्र अहिले त्यही कटप्पा शब्द खुब चल्तीमा छ ।
अहिले सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालको सबै उठ्तीपुठ्ती सचिवालयका डीआईजी सुरज श्रेष्ठ र उपत्यका प्रहरी कार्यालय इडका प्रमुख नारायणदत्त पौडेलले हेर्छन् । यो इड भनेको सुराकी गर्न खडा गरिएको निकाय हो । सिभिल पोसाकमा जाने, नेताहरू कहाँ जान्छन्, आईजीका विरोधीहरूले कहाँ के कुरा लागउँछन् भनेर बुझ्न खटाउने ठाउँ हो त्यो । डीआईजी श्रेष्ठ र पौडेलका दुई भीआईपी पुत्र उपराष्ट्रपति नन्दकिशार पुनका छोरा दीपेश पुन तथा गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापासँग दिनहुँजस्तो उठबस हुने गर्छ । सशस्त्र प्रहरीअन्तर्गतका ठूलाठूला आर्थिक डिल यिनै चार जना तारे होटमा बसेर गर्ने गरेको बताइन्छ । डीआईजीलाई भीआईपी पुत्र पुन र थापाले डीआईजी साप भनेर सम्बोधन गर्छन् । तर, उनीहरूले आफूहरूलाई डीआईजी साप नभनेर कटप्पा भन्न आग्रह गरेपछि कटप्पा नै भनेर बोलाउन थालिएको स्रोतले बतायो । ‘तपार्इंहरूका लागि हामी जे गर्न पनि तयार छौं, हामीलाई डीआईजी साप हैन कटप्पा भन्नुस्,’ डीआईजी श्रेष्ठको आग्रहपछि अहिले भीआईपी पुत्रद्वयले यही सम्बोधन गर्ने गरेको बताइन्छ ।
उनीहरूले भीआईपी पुत्रद्वयलाई सशस्त्र प्रहरीका इमानदार प्रहरीबारे भए÷नभएका कुरा लगाउने, आईजीपी खनालले भनेअनुसार गर्न गृहमन्त्रीलाई कन्भिन्स गराउने काम गर्ने गरेको बुझिएको छ । डीआईजी श्रेष्ठले कहिलेकाहीँ नेकपाका अध्यक्ष पुष्पकमल दाहालका ज्वाइँ जीवन आचार्यकोमा समेत पुगेर पैसाको लोभ देखाउँदै आफ्ना काम गराउन दबाब सिर्जना गर्ने गरेको स्रोतको दाबी छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply